प्रेस युनियन सुनसरीद्वारा पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरसको समयमा पनि फिल्डमा निरन्तर खटिएका पत्रकारहरुलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क वितरण गरेको छ ।
प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीका अनुसार मंगलबार र बुधबार गरी जिल्लामा खटिएका सक्रिय पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरिएको हो । हिमगिरी हाइजिन प्रा. लि विराटनगरको सहकार्यमा आवश्यक १ हजार थान मास्क र १ सय भन्दा बढी सेनिटाइजर सक्रिय पत्रकारहरुलाई उपलब्ध गराएको सभापति अधिकारीले बताए ।
‘हामीले जिल्लाका विभिन्न नगरमा तोकिएका संयोजकहरुलाई हस्तान्तरण गर्यौँ,’ उनले भने, ‘नगरबाट सक्रिय फिल्डमा खटेका सबैजसो पत्रकारहरुलाई सेनिटाइजर र मास्क उपलब्ध गराएका छौँ, आवश्यक परे यसलाई थप पनि गरिनेछ ।’ उनका अनुसार धरानका नगर संयोजक सुक्रान्त राई, इटहरीका नगर संयोजक धुब्र ढकाल, इनरुवाका संयोजक अजित झा, झुम्काका संयोजक नवीन चौधरी, दुहवीका संयोजक आशिष यादब र बराहक्षेत्रका संयोजक संगम बिष्टको नगर कार्यसमितिलाई आँफूले हस्तान्तरण गरिएको र उनीहरुमार्फत जिल्लाका सबै फिल्डमा खटिएका पत्रकारहरुलाई उपलब्ध गराइएको छ । अधिकारीले पूर्व अध्यक्षहरुलाई घर–घरमै गएर पनि आँफूले सेनिटाइजर मास्क वितरण गरिएको बताए ।
हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य हेमराज दाहाल, प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष चेतन धमला, गणेश निरौला तथा कार्यसमितका अन्य पदाधिकारीको पनि सहभागिता रहेको थियो । पूर्वअध्यक्षहरुले जिल्लामा अन्य संगठनहरुले पत्रकारको हितमा काम गर्न नसकिरहेको बताउँदै प्रेस युनियनले पत्रकारको हितमा काम गर्नु सकारात्मक रहेको तर्क गरे ।
यसैबीच बुधबार नै नेपाल पत्रकार महासंघ सुनसरीले यहाँका ५० जना पत्रकारहरुलाई प्रेसको ज्याकेट समेत उपलब्ध गराएको महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम