काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको स्वीकार गरेका छन् । विवादास्पद व्यवसायी भट्ट हाल प्रहरी हिरासतमा छन्।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै सिफारिसमा अनुसन्धान अघि बढाइएको छ। तर अनुसन्धानकै क्रममा भट्टसँग सम्बन्धित हिमालयन रि-इन्स्योरेन्स कम्पनीमा विभाग प्रमुखकी श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर रहेको कागजात सार्वजनिक भएपछि स्वार्थ द्वन्द्वको प्रश्न उठेको छ।
महानिर्देशक ठाकुरले उक्त लगानी आफूले गरेको स्वीकार गर्दै त्यसलाई कानुनी प्रक्रिया अन्तर्गत गरिएको दाबी गरेका छन्। उनले लगानी बैंक ऋण र सञ्चय कोषमार्फत गरिएको र कुनै अवैध उद्देश्य नरहेको स्पष्ट पारेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 511 times, 1 visits today)
सम्बन्धित समाचार
निर्वाचन प्रहरी पोसाक खरिदमा ६० करोडको घोटाला
व्यक्तिका योजना कार्यान्वयन गर्न विनियोजन ऐन संशोधन
६ दिनदेखि सम्पर्कविहीन छन् बाबुछोरी
संसदमा किन मौन छन् प्रधानमन्त्री ?
एक जना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन अनुरोध
मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
राष्ट्रिय कौराहा सम्मेलन सुरु
पक्राउ छल्न गृहमन्त्री गुरुङलाई विवादमा तान्दै शेखर–राजबहादुरसहितका प्रभावशाली व्यवसायी






