कर्णाली ५ रनले बिजयी, प्ले अफमा पर्ने सम्भावना थप बलियो

काठमाडौं । कर्णाली याक्सले लुम्बनी लायन्सलाइ ५ रनले पराजित गरेको छ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली ५ रनले बिजयी भएको हो । लुम्बनीलाइ हराएको कर्णालीको प्ले अफमा पर्ने सम्भावना थप बढेको छ । 

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाए पछि जनकपुर पछि कर्णाली बलियो टिममा दरिएको छ । कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट