काठमाडौँ । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत निकालेको हो । विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउनका लागि साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडा दसैँको टीका ग्रहण गर्न सकिने बताइएको छ ।
बिहान १०ः२६ बजेको साइत भए पनि टीका थाप्नका लागि टाढा टाढा जानुपर्ने नागरिकले बिहान दुर्गा बिसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत आज बिहान ०८ः४९ बजेका लागि समितिले तय गरेको थियो ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन् ।
टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका देखिएको छ । टीकाको मुख्य दिन आज भएपनि आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ ।
सम्बन्धित समाचार
फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल
वरिष्ठ अधिवक्ता हेरेको हेर्यै !
कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी
बूढीगण्डकी बाढी: १ शिशु र १ विदेशी नागरिकसहित ३६ जनाको उद्धार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुंगे पुल मर्मतपछि सञ्चालनमा





