नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा लकडाउन रहेको छ । यो समयमा भारतीय टिमका ओपनर शिखर धवनले घरलाई नै क्रिकेट मैदान बनाएका छन् । शिखर धवनले छोरा जोरावरसँग क्रिकेटको अभ्यास गरिरहेका छन् । शिखर धवन घरभित्र क्रिकेट खेलेको एक भिडियो सोसल मिडियामा सेयर गरेका छन् ।
भिडियामा शिखर र उनका छोरा जोरावर घरको हलमा क्रिकेट खेलिरहेको देखिन्छ । खेलका क्रममा बाबु÷छोराबीच केही हिटिङ मुभमेन्ट पनि आउँछ । तर, रोचक यो छ कि शिखर धवनको ९९ स्कोर हुँदा उनका छोरा जोरावरले उनलाई बोल्ड गरिदिन्छन् ।
स्मरण रहोस्, धवन चोटका मैदानबाहिर रहेका थिए । उनी भर्खरै चोटबाट मुक्त भएर भारतको वान डे टिममा फिर्ता भएका थिए । तर, दक्षिण अफ्रिकाविरुद्धको सिरिज कोरोना भाइरसको संक्रमणका कारण रद्द भयो ।
धवनले १८ जनवरी २०२० मा अस्ट्रेलियाविरुद्ध बैंगलुरीमा वान डे म्याच खेलेका थिए । त्यसपछि उनी चोटग्रस्त भए । जसका कारण उनी न्युजिल्यान्ड भ्रमणबाट बाहिरिएका थिए । न्युजिल्यान्ड भ्रमणमा धवनको अनुपस्थितिमा भारतले वान डे सिरिज ३–० ले गुमाएको थियो ।






