बेसहाराको सहारा बन्दै ‘भोर जनकपुर’

सर्लाही । सर्लाहीमा रहेको एक गैर सरकारी संस्था बेसाहारा परिवारको सहारा बन्दै गएको छ । ‘भोर जनकपुर’ नामक संस्थाले १ सय ५० अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

स्थानिय सरकारले हाल सम्म राहत वितरण गर्न नसकेको ठाउँमा भोर जनकपुरले लकडाउनबाट प्रभावित अति विपन्न १ सय ५० परिवारमा राहत वितरण गरेको हो ।

उक्त संस्थाले चन्द्रनगर, कविलासी, हरिपुर्वा लगायत अन्य जिल्लामा पनि विपन्न परिवारलाई राहत वितरण गरेको संस्थाको पदाधिकारीले जानकारी दिए । राहत वितरणकै क्रममा आज सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. न. ८ मा एकिकृत राहत प्याकेज वितरण गरेका छन् ।

प्रदेश सरकारले राहत वितरणको घोषणा गरेपनि हरिपुर्वा नगरपालिकामा अहिलेसम्म राहत वितरण भएको छैन । भोरले नगरपालिकाको वार्ड न. ८ मा ३५ परिवारलाई राहत वितरण गरेको छ ।

प्रती परिवार १० किलो चामल, २ किलो दाल, २ किलो आलु, १ किलो प्याज, आधी लिटर खानेतेल र एक प्याकेट नुन वितरण गरेका छन् ।

स्थानीय तसलीम मियाले अहिलेको समयमा भोरले खाद्यान्न उपलब्ध गरापछि खुसी व्यक्त गरे । स्थानीय युवा, अग्रजहरु लगायत वडा अध्यक्ष विरेन्द्र प्रसाद यादवको समेत उपस्थिति रहेको राहत वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ