काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि रोष प्रकट गरेका छन् । एमालेले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि उनले ओलीमाथि प्रश्नैप्रश्न उठाएका छन् ।
सत्ताको दुरुपयोग गरेर ओली तानाशाह बन्न खोजेको रावलको गम्भीर आरोप
पूर्वउपप्रधान एवं गृहमन्त्री रहेका रावलले पार्टीबाट कारबाहीमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्ज्ञमेलनको आयोजना गर्दै रावलले सत्ताको दुरुपयोग गरेर ओली तानाशाह बन्न खोजेको गम्भीर आरोप लगाए ।
रावलले वाम गठबन्धन, नेकपा माओवादी केन्द्रसँग पार्टी एकतादेखि प्रतिनिधिसभा विघटन र सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् ।
विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि, विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको रावलको आरोप छ । ‘उहाँको (ओली) भनाइ र गराइमा कति फरक छ ? विधि, पद्धति, अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन,’ रावलले पत्रकार सम्मेलनमा भने । उनले ओलीको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए ।
‘प्रतिनिधिसभा विघटनलाई संविधानविपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार उहाँ (ओली)ले परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो तर कोशी प्रदेशमा अदालतमा मुद्दा दायर गर्दै परमादेशका आधारमा सरकार गठन गर्न किन लगाएको ?’ रावलले प्रश्न गरे ।
प्रतिनिधिसभा विघटन र त्यसपछि सर्वोच्च अदालतबाट पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि १० बुँदे पक्षधरसँग सहमति गरेको तर सो सहमति ओलीले कार्यान्वयन नगरेको पनि रावलले आरोप लगाए । ‘म सुदूरपश्चिम कमिटीको संयोजक थिएँ, एकीकरण हुँदा इन्चार्ज थिएँ, मेरो हकमा भने पूर्ववत् जिम्मेवारी नै दिने सहमति लागू नहुने तर्क कुन निर्णय र नैतिक धरातलका आधारमा गर्नुभयो ?’ रावलले प्रश्न गरे । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि ओली आफूविरुद्ध खुलेरै लागेको उनले बताए ।
‘सौराहामा नाराबाजी गर्न लगाइयो, खुला समयमा मञ्चबाट आफ्नो पक्षमा नाराबाजी गर्न लगाउने, डकुमेन्ट्री देखाउने, बन्द सत्रमा पनि त्यस्तै डकुमेन्ट्री देखाउने तर अध्यक्षको उम्मेदवार मलाई मन्तव्य राख्न नदिने, प्रचार गर्न नदिने ?’ रावलले भने, ‘मेरो पक्षमा बोल्ने र पत्रकार सम्मेलन गर्नेलाई हप्किदप्की गर्ने दबाबमा राख्ने गरियो, उम्मेदवार फिर्ता गर्न लगाइयो ।’
नेता रावलले नयाँ पार्टी खोल्ने’bout जानकारी दिने भने पनि पत्रकार सम्मेलनमा पार्टी गठन’bout केही बताएनन् । बरू, ओलीले आफूमाथि गरेको ‘दमन’को फेहरिस्त सुनाए । उनले ओलीले स्वेच्छाचारी ढंगले पार्टी चलाएको भन्दै आरोपैआरोप लगाए ।
सो क्रममा रावलले प्रधानमन्त्री ओलीले बाग्मती किनारामा बसोबास गरिरहेका सुकुमबासीहरूलाई स्थानान्तरण गर्नका लागि बनाइएको भवनलाई प्रधानमन्त्री भएका बेलामा आफ्नी श्रीमती राधिका शाक्य संरक्षक रहेको मानव सेवा आश्रम नामक गैरसरकारी संस्थालाई निःशुल्क उपयोग गर्न दिएको भन्दै के त्यो सुशासनको परिचायक हो ? भनी प्रश्नसमेत गरेका छन् ।
उनले ओली प्रधानमन्त्री भएकै बेलामा नक्कली भुटानी शरणार्थी प्रकरण भएको भन्दै सो प्रकरणमा कारबाही किन भएन भनेर र कारबाही नगर्नुको रहस्य के हो भनेर सोधेका छन् ।
‘तपाईंकै प्रधानमन्त्री कालमा गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकारसमेतले ठूलो रकम असुलेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको होइन र ? तपाईं नै प्रधानमन्त्री भएका बेला २९ असार २०७६ मा पुनः प्रतिवेदन तयार गर्न कार्यदल बनी त्यसैबेला कार्यदलको कार्यदेश गिरोहको हातमा पुगेको तथाकथित नाम छुटेका ८ सय ७५ जनालाई फाराम भर्न लगाई प्रत्येकबाट १० देखि १५ लाख रुपैयाँ उठाइएको समाचार’bout तपाईंको भनाइ के हो ? छुटेका शरणार्थीको नाममा नेपालीको नाम राखेर ठग्ने योजना बनेको थियो भन्ने समाचार’bout तपाईंको भनाइ के छ ?’ रावलले जारी गरेको विज्ञप्तिको २६ नम्बर बुँदामा सोधिएको छ ।
नेता रावलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेलामा ओलीले एमाले सचिव टोपबहादुर रायमाझीलाई बचाउन हारगुहार गरेको आरोपसमेत लगाए । ‘२० वैशाख २०८० मा सिंहदरबारमा तपाईंले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्यलाई गिरफ्ता नगर्न गरिएको आग्रह र निजलाई गिरफ्तार गर्ने कुरा षड्यन्त्रपूर्ण छ भनी सार्वजनिक रूपमा भनेको कुराले के संकेत गर्छ ?’ प्रश्न गर्दै रावलले भने ।
साथै, उनले नक्कली भुटानी शरणार्थी प्रकरण’bout ओलीले आफूलाई लामो समयदेखि जानकारी रहेको अभिव्यक्ति दिए पनि आफू सत्तामा आउँदा कारबाही नगरेको बताए । नेता रावलले नाम छुटेका भनी पछि सिफारिस गरिएका भुटानी शरणार्थीका ’boutमा पनि ओलीप्रति आशंका व्यक्त गरे ।
रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकालाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले अहिले देश र जनताको अवस्था दयनीय बनाइएको टिप्पणी गरे । उनले सत्ताका बागडोर लिएकाहरूले भ्रष्टाचारलाई प्रशय दिइरहेको गम्भीर आरोप लगाए ।
आफूले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएका क्रियाकलापको विरोध गरेको स्मरण गराए । उनले देश र जनताको सर्वोपरि हितका लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए । रावलले एमालेमा विभाजन गर्न खोज्नेहरूलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरूलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारेका छन् ।
रावलले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाचारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।
ती प्रश्नको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी छ । ‘देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताका तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ, अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन २०८४’ मिसन पतन साबित हुनेछ,’ रावलले भने ।






