साझा सेवाको ४०औं साधरण सभा एवं पुरस्कार वितरण सम्पन्न

काठमाडौं । साझा सेवाको ४० औं साधारण सभा एवं कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । काठमाण्डौको नेपालहाउस, हात्तीसारमा सम्पन्न कार्यक्रममा २०८१ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याए बापत सहकारी अभियन्ता मिनराज कँडेललाई प्रदानगरिएको छ ।

साधारण सभाको अवसरमा उक्त पुरस्कार प्रमुख अतिथि भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कँडेललाई रु.५० हजार राशि नगद सहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । पुरस्कार वितरण समारोहमा साझासेवाका अध्यक्ष शङ्करप्रसाद पाण्डेबाट साझा सेवाले आफ्नो व्यवसायिक सेवा सर्वसाधारणमा पु-याउँदैं सहकारीको माध्यमबाट विशिष्ट सेवा पु-याउनु हुने मिनराज कँडेललाई नगद पुरस्कार सहित सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रमुख अतिथि भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले साझासेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवद्र्धनको कार्य गरेकोमा धन्यवाद व्यक्त गरे । यस्ता पुरस्कारले सहकारीहरुको उत्थान र विकासमाथप सहयोग र टेवा पुग्ने बताउँदै पोख्रेलले साझा सेवा सहकारीले सर्वसाधारणमा आफ्नो सेवाबाट लाभान्वित बनाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमका अतिथि राष्ट्रिय सहकारी महासंघ लि. नेपालका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाज्यूले यस्ता पुरस्कारले सहकारीको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका पु-याउने बताइन । कार्यक्रममा पत्रकार कनकमणि दीक्षित लगायतका वक्ताहरुले शुभकामनामन्तव्य राखे । पुरस्कृत व्यक्तित्व मिनराज कँडेलले यस पुरस्कारबाट सहकारीप्रतिको कर्तव्य र दायित्वलाई अघि बढाउन अझ बढी प्रेरणा प्राप्तभएको र थपदायित्व बढेको कुरा व्यक्त गरे ।

त्यसैगरी सामाजिक अभियन्ता रूपा जोशीले कमलमणिदीक्षितले देशलाई पु-याएको योगदान’bout चर्चा गरेकि थिइन । २०२६साल देखी सर्व साधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पु-याउँदै आएको यो संस्थाले इन्धनको बिक्रीवितरण तथा इन्धन ढुवानी तथा चार्जिङ स्टेशन, ग्याँस लगायतमा आफ्नो सेवा केन्द्रित राखेको छ भने ।बनेपामा पूर्णक्षमताको विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा समेत ल्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल