‘सरकारले कार्यशैली नसुधारे सरकारबाट कांग्रेस बाहिरिने’

सुर्खेत । कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले एमाले नेतृत्वको प्रदेश सरकारको कार्यशैलीप्रति कडा पोखेका छन् । सोमबारदेखि शुरु प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख सत्ता साझेदार र संसदको ठूलो दलको नेतालाई अपमान गरिएको भन्दै गठबन्धन’bout पुनर्विचार गर्ने चेतावनी दिएका हुन् ।

कर्णाली प्रदेशसभामा जीवन शाहीको आक्रोश

कांग्रेस प्रदेश सरकारमा गएको फाइदा भएन भन्ने मात्र गुनासो सुन्नुपरेको भन्दै उनले सरकार र संसदले कानुन सम्मत कुरालाई समेत अड्काएर राख्ने गरेको टिप्पणी गरे । ‘जनताले समपुरक बजेट खोई ? भनेर प्रश्न गरिरहेका छन्, सरकार अविछिन्न उत्तराधिकारी संस्था हो, तर यहाँ नेतृत्वपिच्छे योजना काट्ने काम भएको छ,’ उनले भने, ‘गत वर्ष १८ करोड फ्रिज भयो, रुग्ण योजनाहरु धेरै छन्, तीनका लागि कानुन बनाउन सरकारले कुनै वास्ता गरेको छैन् ।’

पूर्व मुख्यमन्त्री समेत रहेका नेता शाहीले समपुरक योजनाका ’boutमा भौतिक पूर्वाधार विकासमन्त्री (शेरबहादुर बुढा) संग बुझ्न खोज्दा टेलिफोन सम्पर्कमा नआएको बताए । ‘बारम्बार फोन गरेँ, रिसिभ गर्नुभएन, विजया मन्त्री (उर्जा तथा जलस्रोत) लाई सम्पर्क गर्न पठाएँ, त्यति गर्दा पनि सम्पर्क गर्नुभएन,’ उनले भने, ‘संसदको सबैभन्दा ठूलो दलका नेतालाई गर्ने व्यवहार यही हो ?

यदि मुख्यमन्त्रीज्यूले भौतिकमन्त्री’bout नसोच्ने हो भने मैंले पनि सरकार’bout सोच्नुपर्नेहुन्छ, यो समिकरणको सरकार हो, भीख मागेजस्तो व्यवहार गर्नुभएन, दुई दिनभित्र समपुरक बजेट’bout सूचना जारी नभए सत्ताबाट बाहिरिन बाध्य हुनेछौं ।’ साथै अन्य प्रदेशजस्तो लिखित सम्झौता नभएकाले जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने उनले चेतावनी दिए ।

कांग्रेस नेता शाहीले प्रदेश सरकारको कार्यशैली नसच्चिए केन्द्रको निर्देशनविपरित पनि आफूले निर्णय लिन सक्ने चेतावनी दिए । ‘अपमान गरिए कांग्रेस सरकारमा बस्दैन, दलको कारबाही सहन पनि तयार छु, तपाइँहरु (एमाले–माओवादी) ले नै पवित्र गठबन्धन गर्नुहोला, हामी बाहिरै बस्नेछौं ।’ विगतमा आफूले चेक एण्ड ब्यालेन्स गर्न कांग्रेसको भागमा परेको सभामुखसमेत एमालेलाई दिइएको उनको भनाई थियो । तर सभामुख गरुडको छायाँजस्तो भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली