कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ

काठमाडौँ । भूमि प्रशासन कार्यालय बर्दिया परिसरभित्र मादक पदार्थ सेवन गरेको आरोपमा तीन कर्मचारीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कार्यालयभित्रै मादक पदार्थ सेवन भइरहेको भन्ने सूचनापछि छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा पर्नेमा भूमि प्रशासन कार्यालयका एक खरिदार, एक चालक, गुलरिया नगरपालिकाले मालपोत कार्यालयमा सञ्चालन गरेको भू-सेवा केन्द्रका एक कर्मचारी तथा दुई जना महिला लेखनदास रहेका छन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले केही कर्मचारीलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनीहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ