बिदा बसेका सरकारी कर्मचारीलाई बम्पर सुविधा, बिदासँगै तलब पनि

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौं । लकडाउन पछि बिदा बसेका सरकारी कर्मचारीलाई सरकारले सार्वजनिक बिदा कायम गरेर तलब सुविधा दिने भएको छ ।

सरकारले राजपत्रका सूचना प्रकाशित गर्दै सम्पूर्ण सरकारी कार्यालय, निकाय, वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाईपाई आएको तलब भत्ता पाउने गरी त्यसरी दिएको बिदा अबधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्न पाउने गरी राजपत्रका सूचना प्रकाशित गरेको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए । सरकारी उद्योगमा काम गर्ने कर्मचारी लकडाउन पछि घरमै बसेका छन् ।

ती कर्मचारीलाई सार्वजनिक बिदाको रुपमा कायम गरेर उनीहरुलाई तलब भत्ता उपलब्ध गराउने गरी राजपत्रका सूचना प्रकाशित गरिएको छ । सरकारी उद्योग तथा संस्थानमा काम गर्ने धेरै सरकारी कर्मचारी ११ चैतदेखि घरमै बसिरहेको छन् । सरकारले उदयपुर, हेटौडा सिमेन्टलगायतका कुनै पनि उद्योग सञ्चालन गरेको छैन् ।

त्यस्ता कर्मचारीलाई पनि सार्वजनिक बिदा कायम गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा