फेरि निर्माण भयो चलचित्र जार

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर ‘जार’को निर्माण गरिएको छ । पाँच दशक अघि पनि चलचित्र जार बनेको थियो ।

नयाँ जारलाई अब अगामी २६ वैशाखमा रिलिजको घोषणा गरिएको छ । निर्माण संस्था फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै जारलाई आगामी वैशाखमा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।

यो चलचित्रलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ । चलचित्रको शीर्ष भूमिकामा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा छन् । अभिनेत्री थापा भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता कलाकार हुन् ।

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । यसको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको जारमा अखिलेश राईको सम्पादन छ । यो चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम