कैलाली उद्योग वाणिज्य संघद्वारा खो खो खेलका खेलाडीलाई सम्मान

धनगढी । कैलाली उद्योग वाणिज्य संघले खो–खो खेलको विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सोमबार धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

प्रतियोगिताका खेलाडीहरूलाई प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिए ।

भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए । सो खेलमा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए ।

सो प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ देशको सहभागिता रहेको थियो । नेपालमा १९९० पछि खो–खो खेल खेल्न सुरू भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण