मुगु । महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सरविरुद्धको खोप एचपिभी मुगुमा खोप अभियान सञ्चालन मगलबारबाट गरिएको छ ।
अभियान जिल्लाका चारै स्थानीय तहहरु छायाँनाथ रारा, खत्याड कार्मारोङ र सारु का सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका ३ हजार ८ सय ८५ जना छात्राहरुलाई लक्षित गरी एचपिभी खोप सञ्चालन गरिएको जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।
कक्षा ६ देखि १० सम्मका बिधालय छात्रा र बिद्यालय बाहिरका १० देखि १४ बर्षका बालिका लाई बिधालयममा गएर एचपिभी खोप लगाएको छ । एचपीभी खोप अभियान २०८१ मुगुमा पहिलोपटक सञ्चालन गरिएको र अभियानले बालिका हरूको स्वास्थ्य अबस्था सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको डाक्टर निर्मल नगरकोटीले बताए ।
जिल्लाका चार वटा स्थानीय तह छायाना रारा,सोरु, खत्याड र कार्मारोङ का सामुदायिक तथा सस्तागत बिधालयका माबी र निमाविका १०बर्ष देखि १४ बर्ष भित्रका किसोरी लाई खोप लगाइएको छ ।






