संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै

काठमाडौँ । संविधान संशोधनका विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दैछ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् ।

काँग्रेसले संविधान संशोधन’bout पार्टीको दृष्टिकोण सार्वजनिक गर्न दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

काँग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न विज्ञ समिति गठन गरेको थियो । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समिति सदस्यमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

फूलको कूटनीतिमा नेपाल–चीन सम्बन्ध, धुलिखेलमा पियोनी बगैंचा