उदयपुरमा भिटिएम अभाब, स्वाब संकलन प्रभाबित

उदयपुर । कोरोना संक्रमणको हटस्पोटको रुपमा परिचित उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित सिल गरिएको क्षेत्रमा भाइरल ट्रास्नपोर्ट मिडिया (भिटिएम) अभाब हुदा स्वाब संकलन रोकिएको छ । भुल्केस्थित नुरी मस्जिद आसपासका कोरोना भाइरसको उच्च जोखिममा रहेको क्षेत्रका स्थानीयबासीको स्वाब परीक्षणका लागि थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) भाईरल ट्रास्नपोर्ट मिडिया (भिटिएम) अभाब हुदाँ स्वाब संकलन रोकिएको हो ।

स्वाबको नमुना संकलन गर्ने भाइरस ट्रान्सफर मिडिया (भीटीएम), पीसीआर प्रोसेसिङ किट लगायत सामग्री अभाबले स्वाब संकलनको काम नै प्रभाबित हुन पुगेको छ । आवश्यक भीटीएम नहुँदा थ्रोट स्वाबको नमुना संकलन रोकिएको जनाएका छन । कोरोना प्रभाबित भुल्केबासी, नूरी मस्जिदमा सम्पर्कमा आएका संक्रमितहरुको कन्ट्रयाक्ट टे«सिङको आधारमा गाईघाट र वरिपरिका गाउँका तत्काल करिब ३ हजार व्यक्तिको तत्काल स्वाब परीक्षण गर्न आवश्यकता रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले बताए ।

भीटीएम तत्काल उपलब्ध नहुदाँ स्वाब संकलनमा ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । उनले भने गत मंगलबार प्राप्त ६० भीटीएम मध्ये कटारी नगरपालिकामा २४ र बेलका नगरपालिका–७ मैनामैनीका लागि ४ वटा पठाइएको छ  । बाँकी ३२ भीटीएम भुल्केमा प्रयोग गरिएको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए ।

संक्रमितहरुको कन्ट्रयाक्ट टे«सिङको आधारमा कोरोना प्रभाबित क्षेत्रमा तत्काल ३ हजार भन्दा बढीको थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) गरिनु पर्नेमा त्यसका लागि आवश्यक पर्ने स्वाबको नमुना संकलन गर्ने भाइरस ट्रान्सफर मिडिया (भीटीएम) नै पयाप्त उपलब्ध हुन नसक्दा समस्या भएको त्रियुगा नगरपालिका– ३ का वडाध्यक्ष अबधेशप्रसाद चौधरीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम