काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले लैंगिक समानता सहित नयाँ संस्कृती निर्माणमा जुटन आह्वान गरेका छन् ।
पुर्वमन्त्री एवं सांसद समेत रहेका प्रदेश अध्यक्ष साहले जानकी जन्म जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै यस्तो आह्वान गरेका हुन् ।
अहिले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास एवं लकडाउनका बीच घरमै बसेर जानकी जन्म जयन्ती मनाउँन उनले आग्रह गरेका छन् ।
‘जानकी जन्म जयन्तीको विशेष अवसरमा वहाँप्रति उच्च सम्मानका साथ समाजमा लैंगिक समानता सहितको नया संस्कृति निर्माणमा तपाईहरुको महत्वपूर्ण योगदान रहने बिश्वास सहित कोरोना विरुद्धको लड़ाईमा मानव जातिलाई छिटै सफलता मिलोस भन्ने कामना गर्दै सबैको सुख, शान्ति एवं समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’ साहले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् ।
‘नेपालको राष्ट्रिय विभूति सीतामाताको सम्मान गरौ !, लकडाउनको पालना गरि जानकी जयन्ती मनाऔ !!’ भन्दै उनले अहिलेको अवस्थामा घरबाटै जानकी जयन्ती मनाउन आग्रह गरेका छन् ।
यस बर्ष जानकी जन्म जयन्ती २० बैशाखमा रहेको छ । यस अघि नेकपाले भव्यरुपमा बिभिन्न कार्यक्रम गर्दै प्रदेश २ मा जानकी जयन्ती मनाउँदै आएको छ ।






