अलेकजेन्डरको कथामा सलमानको सिकंदर

मुम्बई । इद पर्वको अवसर पारेर अभिनेता सलमान खानको नयाँ चलचित्र सिकंदर आइतबारबाट विश्वव्यापी चलचित्र घरमा रिलिज भएको छ । सलमानको यो महत्वकांक्षी चलचित्रले आइतबार पहिलो दिन राम्रो व्यापार समेत गरेको छ ।

चलचित्रको कथा दर्शकले मन पराएका छन् । यो एक राजा अलेकजेन्डरको कथामा आधारित रहेको छ । जो आफ्नो हैसियतका लागि मात्र नभई आफ्नो उदारताको लागि पनि परिचित थिए । ती राजा आफ्नो प्रजाको लागि जे पनि गर्न तयार हुने तथा राजा र प्रजा पनि आफ्नो राजाको लागि आफ्नो ज्यान दिन तयार हुन्थे । त्यही कथालाई चलचित्र सिकंदरको बटम कथा बनाइएको छ ।

सलमान खानले यो चलचित्रमा सामाजिक सन्देश दिने प्रयास गरेका छन् । तर यदि चलचित्रमा अलिकति पनि तर्क प्रयोग गरिएको भए, यो अझ राम्रो हुन सक्थ्यो भन्ने समीक्षकहरूको कथन छ ।

सञ्जय राजकोटको भूमिका निर्वाह गरिरहेका सलमान खानको अभिनयमा कुनै नयाँ कुरा नभएको पनि समीक्षकहरूले बताएका छन् । सलमानलाई हेर्दा लाग्छ कि उनले केही नयाँ ल्याउने प्रयास नै गरेनन् भन्ने टिप्पणी छ ।

यो चलचित्रमा अभिनेत्री रश्मिका मन्डाना कुल चलचित्रको एक चौथाइ भन्दा कम अर्थात करिब आधा घण्टाको भूमिकामा छिन् । चलचित्र भरी नै सलमान खान नै छाएका छन् । तथापि रश्मिकाले आफ्नो सीमित पर्दा उपस्थितिमा आफ्नो अभिनय कौशल देखाउने प्रयास गरेकी छिन् । चलचित्रमा प्रतीक बब्बर, सत्यराज र शर्मन जोशीजस्ता कलाकारहरू पनि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३