पार्टी निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी सम्बन्धी विवाद’bout स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा ‘२५ लाख रुपैयाँको सेयर लुकाइएको’ भन्ने आरोप तथ्यहीन भएको भन्दै उनले उक्त विषय वर्गीकरणसँग सम्बन्धित रहेको बताएका हुन्।

गुरूङले आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरमा २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको विवरण सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरिसकेको बताएका छन् ।

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको उनले स्पष्ट पारे। उनले मन्त्री हुनुअघि सेयर किनिएको विषयलाई पनि अनावश्यक विवाद बनाइएको बताएका छन्। ‘सेयरमा लगानी गर्नु अपराध होइन, सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको छ,’ उनले भने।

गुरूङले लगानीका लागि प्रयोग भएको रकम ऋणमार्फत जुटाइएको र २०८० भदौ २९ गतेको लिखित तमसुक तथा बैंक रेकर्डमार्फत यसको पुष्टि हुने बताएका छन्।

विवादित व्यक्ति भनिएका दीपक भट्टसँग साझेदारीको आरोप’bout उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने भएकाले सेयर किन्नु साझेदारी गर्नु नभएको स्पष्ट पारे। ‘यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ,’ उनले भने।

‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी आरोप’bout उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग रहेको उल्लेख गर्दै प्रक्रिया अघि बढिरहेको बताए।

उनले लगानीमा जोखिम हुने भन्दै पछि भएका घटनालाई आधार बनाएर पूर्वनिर्णयलाई दोष दिनु उचित नभएको बताए। कानुनी रूपमा संवेदनशील विषय भएकाले प्रतिक्रिया दिन ढिलाइ भएको पनि उनले स्पष्ट पारे।

गुरूङले पार्टीले गर्ने निर्णय मान्ने र अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्। ‘आरोप र सत्य एउटै होइनन्, निर्णय प्रमाणका आधारमा हुनुपर्छ,’ उनले भने।

तपाइको प्रतिक्रिया
(Visited 566 times, 1 visits today)

epaper

ताजा समाचार

गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल