तीन लाख रुपैयाँ धरौटीमा छुटे व्यापारी

लहान । सिराहाको लहान नगरपालिका– ५ बाट १४ क्विन्टल म्याद गुज्रिएको मैदा बरामद भएपछि पक्राउ परेका व्यापारी तीन लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । लहान– ६ का व्यापारी ५४ वर्षीय पवन मुन्धडा जिल्ला प्रशासन कार्यालय सिराहामा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरोजप्रसाद गुरागाईंले बरामद गरिएको म्याद गुज्रेको मैदा जाँच गर्न पठाइएकाले रिपोर्ट नआउञ्जेलका लागि मुन्धडालाई धरौटी लिएर तारेखमा रिहा गरिएको बताए । ‘अन्य अनुसन्धान जारी छ,’ सिडियो गुरागाईंले भने, ‘रिपोर्ट आएलगत्तै मुद्दा चलाउँछौँ ।’ ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा जाँचका लागि पठाइएको मैदाको रिपोर्ट आएपछि कुन मुद्दा चलाउने हो, त्यतिवेलै भन्न सकिन्छ,’ उनले भने ।

लहानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख कमल राजभण्डारीको नेतृत्वमा विशेष सूचनाको अधारमा शनिबार अपराह्न बजार अनुगमन गर्दा लहान– ६ स्थित मुन्धडा इन्टरप्राइजेजको गोदाममा म्याद गुज्रेको १४ क्विन्टल मैदा भेटिएको थियो । वीरगन्ज खाद्य उद्योग परवानीपुर पर्सा उल्लेख भएको बोरामा प्याक गरिएको राजहंश ब्रान्डको ५० किलो तौलको २८ बोरा म्याद गुज्रिएको मैदा भेटिएपछि अनुगमन टोलीले व्यापारी मुन्धडालाई तत्काल पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत