एकैपटक १ सय २१ डिएसपीको सरुवा, उपत्यकामा ७ वृत्तका प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबार बसेको बैठकको निर्णयअनुसार १२१ डिएसपी सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले बिहीबार १ सय २१ डीएसपीको सरुवा सूची सार्वजनिक गरेको हो । काठमाडौं उपत्यकाका ७ वृत्तमा प्रहरी फेरिएका छन् ।

प्रहरी वृत्त नयाँ बानेश्वरको जिम्मेवारी जिल्ला प्रहरी परिसर, काठमाडौंको मुद्दा शाखामा कार्यरत डीएसपी हरि खतिवडालाई दिइएको छ। थानकोट वृत्तको नेतृत्व डीएसपी एलिजा गिरीले सम्हाल्ने भएकी छिन् । कीर्तिपुर प्रहरी वृत्तमा डीएसपी रामबाबु महर्जन, बालाजुमा डीएसपी ज्ञानबहादुर बिष्ट र कालिमाटीमा डीएसपी मधुकुमार थापालाई पठाइएको छ ।

यस्तै ललितपुरको चापागाउँ वृत्तको जिम्मेवारी यमकुमार श्रेष्ठ र भक्तपुर थिमी वृत्तको कमाण्ड डीएसपी नवराज ढुंगानाले सम्हाल्ने भएका छन् ।

बैठकले जो–जसलाई जहाँ खटाइएको छ त्यहाँ जान अनुरोधसमेत गरेको छ। सरुवा हुने प्रहरीले वैशाख महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 426 times, 1 visits today)

epaper

ताजा समाचार

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध