एसोसिएसनद्वारा ६ सल्लाहकार चयन

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ६ जना वैदेशिक रोजगार व्यवसायीलाई सल्लाहकार चयन गरेको जनाएको छ । एसोसिएसनका अध्यक्ष दीपक थापाको अध्यक्षतामा बसेको बैठकले ६ जना व्यवसायीलाई सल्लाहकार चयन गरेको हो ।

एसोसिएसनले पुराना व्यवसायी दानबहादुर बुढाथोकी, अम्बिका शर्मा, ख्यामनारायण पौडेल, दिलबहादुर धिताल, श्यामप्रसाद श्रेष्ठ र त्रिलोकचन्द विश्वासलाई एसोसिएसनको विधानको दफा १३(१) बमोजिम सल्लाहकार चयन गरेकोे बताएको छ । उनीहरूलाई नेपाली कांग्रेसको मूल्य मान्यतामा अडिग रही एसोसिएसनलाई गरेको योगदानका आधारमा सल्लाहकार चयन गरिएको एसोसिएसनले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको हालै सम्पन्न निर्वाचनमा एसोसिएसनबाट सिफारिस गरिएका आधिकारिक उम्मेदवारहरूलाई जिताउन सबै प्रकारले गरेको योगदानको पनि उच्च मूल्यांकन गरिएको सो एसोसिएसनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु