इनरूवा । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ। अब त्यहाँको घटनामा ज्यान गुमाउने युवा दुई पुगेका छन् ।
देवानगञ्ज गाउँपालिका-३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा ती युवकको ज्यान गएको मोरङ प्रहरीका सूचना अधिकारी एवम् डीएसपी मकेन्द्रकुमार मिश्रले बताएका छन् ।
उक्त प्रकरणमा प्रहरीसहित २२ जना घाइते भएका थिए । जसमध्ये १० जना युवालाई गोली लागेको थियो । अहिले पनि गोली लागेका ८ जना युवाहरूको मोरङको विराटनगरका विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड
चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही
अनशनरत डा. केसीलाई कोठा छाड्न व्यवस्थापन समितिको पत्र
गण्डकीको गाँजा विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाइदिए
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल गरिरहेको अर्थमन्त्री डा. वाग्लेको जिकिर
सर्वदलीय बैठक : सद्भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल (पूर्णपाठ)






