विपक्षी दलले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न दिने, गृहमन्त्रीको राजीनामाको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने भएका छन् ।

सभाको बिहीवारको बैठकको शुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी गराएका हुन् । पाण्डेले भिजिट भिसा प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म विपक्षी दलहरुको आन्दोलन जारी रहने बताए ।

पाण्डेले विचौलियामार्फत निर्माण भएको सरकार कुशासन र भ्रष्टचारमा लिप्त रहेको आरोप समेत लगाए । उनले वर्तमान सरकारले भ्रष्टाचारमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्नुको सट्टा कुशासन र भ्रष्टाचारलाई मलजल गरिरहको आरोप लगाए ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध