अभिनेत्री दिव्या रायमाझी डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडर

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ ।

ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै डिशहोमको कर्पाेरेट कार्यालय, भैंसेपाटीमा सम्पन्न भएको हो ।उक्त सम्झौतामा डिशहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे।

चलचित्र क्षेत्रमा नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम इन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको जनाएको छ । सो अवसरमा रायमाझीले ‘डिशहोम इन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताइन् ।

डिशहोमले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ । माई डिशहोम मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ।

यो संझौताले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने, र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्याउने र दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने विश्वास डिशहोमको छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

एक वर्षमा २२ गैँडा मरे