पूर्व राजपरिवारका सदस्यको सम्झनामा हिमानी ट्रस्टले आज दीप प्रज्ज्वलन गर्दै

काठमाडौं । हिमानी ट्रस्टले २४ वर्षअघि दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारका सदस्यको सम्झनामा आज दीप प्रज्ज्वलन गर्ने भएको छ ।

ट्रस्टले सोमबार पूर्व राजपरिवार सदस्यको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्ज्वलन गर्ने भएको हो।यसअघि नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्ज्वलन कार्यक्रम जिल्ला प्रशासन कार्यलयले रोकेपछि कमलादीमा सार्ने निर्णय भएको ट्रस्टले जानकारी दिएको छ।

सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्जवलन गर्ने निर्णय भएको हो । कार्यक्रममा पूर्वयुवराज पारस शाह,पूर्व युवराज्ञी हिमानी शाह उनीहरूका छोरा हृदयेन्द्र तथा राजपरिवारका अन्य सदस्यहरू उपस्थित हुने जनाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल भने झापामा रहेकाले कार्यक्रममा सहभागी हुने छैनन्।यसैवीच, राष्ट्रिय सरोकार मञ्च नेपालले दीप प्रज्वलन सफल पार्न आग्रह गरेको छ । मञ्चको आयोजनामा पनि कमलादी गणेश स्थानमा आज साँझ ६ः३० वजे दीप प्रज्जवलनको कार्यक्रम रहेको छ ।

तत्कालीन राजा वीरेन्द्र बीरबिक्रम शाहदेव सहित उनको बंश समेत नाश हुनेगरी २०५८ जेठ १९ गते दरवार हत्या काण्ड भएको थियो । तर हत्या काण्डको रहस्य भने अझै पत्ता लाग्न सकेको छैन । सो हत्याकाण्ड बिश्वमै चर्चित घटनाका रुपमा लिने गरिन्छ । राजा बीरेन्द्रको बंश नाश भएको दिनको संझनामा बिभिन्न संघ संस्थाले बिबिध कार्यक्रम गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम