गुन्डुमा ढल्ने पालो अब हिक्मत कार्कीको !

काठमाडौं । एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति बोल्दाबोल्दै अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा ढलेको समाचार आज मंगलबार भाइरल बन्यो । अब गुन्डुमा ढल्ने पालो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको भन्ने टिप्पर्णी एमालेभित्र हुन थालेको छ ।

हिजो सोमबार साँझ ७ बजेतिर अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बोलाइएका थपलियालाई मध्य रातसम्म राजीनामा गर्न दबाब दिइएको थियो । ‘पार्टीका अध्यक्ष, प्रदेश इन्चार्ज र अरु सांसदहरूले तपाईंले सक्नु हुन्न, छोड्नुस भनेपछि थपलिया ढलेको समाचार बाहिर आएको थियो । ५० वर्ष बढी कम्युनिष्ट आन्दोलनमा योगदान गरेका थपलिया आज कसरी अयोग्य भएँ भनेर बोल्दाबोल्दै बेहोस् भएका हुन् भनिएको छ ।

बोल्दाबोल्दै अचेत भएका थपलियालाई सांसदहरू केशव पोखरेल, दावा दोर्जे लामालगायतले मध्यपुर ठिमी अस्पताल ल्याएका थिए । यसपछि पनि गुन्डुको छलफल चलिरह्यो । स्रोतका अनुसार, ओलीले थपलियाले मुख्यमन्त्री चलाउन सक्दैन भन्ने पुष्टि भएको तर्क गरेका थिए । ‘यति सहन नसकेर ढल्नुभयो । कसरी नेतृत्व गर्नुहुन्छ,’ ओलीले भनेका थिए ।

अध्यक्ष ओलीको किच्चनमा प्लेट उठाएर एमालेमा हुर्केका झापा गौरदहका हिक्मत कार्की यतिबेला कोशी प्रदेशका मुख्यमन्त्री छन् । उनलाई पनि पदबाट राजीनामा दिन अध्यक्ष ओलीले निर्देशन दिइसकेका छन् । महेश बस्नेतको टिमले उनलाई गुन्डु छिर्न नदिइ कोशी प्रदेश इन्चार्जमार्फत् पद छोडाउने प्रयास गरिरहेका छन् । तर मुख्यमन्त्री कार्की हच्केका छैनन् । काठमाडौं आएर अध्यक्ष ओलीसँग रोइकराइ गर्ने प्रयास उनले नगरेका होइनन्, तर गुन्डु छिर्न बस्नेतको टिमले कार्कीलाई दिएको छैन ।

मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा नदिए गुन्डुमा बोलाएर बेहोस हुने गरी थर्काउने तयारी बस्नेत समूह गरेको बुझिन्छ । बागमति प्रदेशको संसदीय दलबाट थपलियालाई पदबाट हटाउन अध्यक्ष ओलीभन्दा सचिव बस्नेत नै बढी बोलेका थिए । पदबाट राजीनामा दिन फकाउने, थर्काउने र नमाने मुठ्की उज्ज्याउने कामसम्म बस्नेतले गरेका छन् । कार्की र थपलिया अध्यक्ष ओलीको स्वभावबाट परिचित छन् । त्यसैले जुनियर बस्नेतको हप्कीदप्की सहने कि खुरुक्क पद छाड्ने दोधारमा मुख्यमन्त्री कार्की परेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत