एकै दिन ४० संक्रमित थपिएपछि वीरगन्जमा विरामी राख्ने ठाउँको अभाव

dav

वीरगन्ज । मंगलबार पर्सामा देखापरेका ३९ संक्रमितहरु मध्ये छपकैया एरियाका मात्र नभई वीरगन्ज महानगरपालिकाको विभिन्न वडा र जिल्लाको छिपहरमाई गाउँपालिकाका पनि संक्रमित रहेको खुलेको छ । पर्साको वीरगन्ज महानगरपालिका बाहिर छिपहरमाई गाउँपालिकाका केही व्यक्तिमा पनि संक्रमण पुगेको खुलेको हो । पहिले महानगरको वडा नम्बर १, २, ३ को छपकैया एरियामा मात्र संक्रमित फेला परेका थिए । तर मंगलबारबाट भने संक्रमित हुने व्यक्तिहरुको तथ्याँकले अरु एरियाकासम्म संक्रमणले खुट्टा राखेको पुष्टि भएको छ । मंगलबार पर्सामा फेला परेका ३९ संक्रमित सहित मुलुकभर १९१ जना संक्रमित संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि भएका ३९ जनामध्ये वीरगन्ज वडा नम्बर २, ३, ४, १६, १७ र १८ नम्बर वडाका व्यक्तिहरु रहेको वीरगन्जको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् । त्यसै गरी पर्साको छिपहरमाई गाउँपालिकाका पनि केही मानिसमा संक्रमिण पुष्टि भएको जनाइएको छ । मंगलबार फेला परेका संक्रमित मध्ये दुईजना पत्रकारहरु पनि परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु ) डा मदनकुमार उपाध्यायले बताए । अरु को–को परे ? भन्ने सन्दर्भमा विस्तृत विवरण भने खुल्न बाँकी रहेको छ ।

यो संख्या सहित पर्सामा मात्र अब संक्रमितको संख्या ६६ पुगेको छ । बारामा फेला परेका पनि पर्साकै संक्रमितको सम्पर्कमा आएका सहित जोड्ने हो भने ६९ जना पुगेको छ । संक्रमित फेला परेपछि उनीहरुलाई कसरी राख्ने भन्ने यति वेला पर्सामा चुनौति थपिएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारका नेतृत्वकर्ताले पहिले नै गम्भिर रुपले पूर्वाधार नबनाउँदा यति बिरामी फेला पर्दा नै पर्सामा उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति भएको हो ।

संक्रमण भने समुदायमा प्रवेश गरिसकेको आँकलन गरिदै छ । चैत ३० गते ३ भारतीय जमातीमा पहिलो पटक वीरगन्जमा संक्रमित भएको खुलेको थियो । उनीहरुको सम्पर्क आएका व्यक्तिहरुको कन्ट्याक हिष्ट्री खोतल्दै जाँदा यहाँ सम्म पुगेको छ । अब यत्रो मानिसको सम्पर्कमा आएका मानिसहरुको कन्टयक हिष्ट्री खोतल्दै जाँदा संक्रमितको संख्या थेगिनसक्नु हुन सक्छ । संचारकर्मी सहित संक्रमित भेटिएपछि प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले अवस्था असामान्य हुन थालेको बताए । अब सबैले सरकारले भनेको कुरा पालना गरेर आफू पनि सचेत भएर रहनुको बिकल्प छैन उनले भने ।

मंगलबार एकै दिन पर्साका ३९ र बाराका १ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई कहाँ राख्ने ? भन्ने पर्सामा चटारो थपिएको छ । पर्सामा संक्रमित भेटिएकालाई वीरगन्जको नारायणी अस्पतालमा राख्ने भनी सुरुमा ५ वटा आइसोलेशन वेड तयारी गरिएको थियो । पछि त्यसलाई आन्तरिक विस्तार गरी २५ बेड बनाइयो । अहिले त्यसलाई पनि थप संशोधन गरी २ महिने शिशुसहित २९ जनाको उपचार भइरहेको छ । मंगलबार एक्कासि पर्सा बारामा ४० जनामा संक्रमित पुष्टि भएपछि ती बिरामीलाई कहाँ राख्ने भन्ने चटारो थपिएको हो ।

व्यवस्थापनको चटारो
‘महामारीको सुरुवाती फेज मात्र छ । यति विरामी संख्या पुष्टि हुँदा थपिदा तनाव हुन थालेको छ । यस्तो त कति थपिन्छ कति ? कुनै निश्चित हुदैन । अझ खुल्ला सीमा भएको यो क्षेत्रमा सयौ का सयौं पनि बिरामी पनि फेला पर्न सक्छन् । पूर्व तयारी नै पुगेको छैन वीरगन्जको नारायणी अस्पतालका डा निरज कुमार सिंहले राजधानी सँग भने । जेनेरल अस्पतालका रुपमा रहेको यहाँको नारायणी अस्पताललाई नै कोभिड अस्पताल बनाउने केन्द्रको निर्णय, प्रदेश तथा स्थानीय सरकारहरुको फितलो पूर्व तयारीले महामारीमा ठूलो समस्या निम्तिन सक्छ । हामी चिकित्सक यस्तो हुन सक्छ भनी पहिलेदेखि नै चिन्तित थियौं । तर हाम्रो सुझावलाई कसैले वास्ता गरेनन् उनले थपे । अब संयोगवश त्यस्तै हुन सुरु हुन थालेको छ नारायणी अस्पतालको कोभिड १९ का संक्रमित हेर्ने पहिलो टोलीको नेतृत्व समेत गरेका डा. सिंहले तर्क गरे । ‘यो महामारीलाई सामान्य नठान्न हामी चिकित्सकले सुरुदेखि भनेकै हो । यतिमा नै आत्तिनु पर्ने अवस्था भइसक्यो उनले तर्क गरे । चिकित्सको सुझाव कस्ले सुन्ने ? कसैले सुने पो सुझाव दिने ? उहाँले गुनासो मिश्रित प्रतिकृया दिए ।

अलग्गै बिरामी राख्ने व्यवस्था गरिनु पर्छ
बाहिर निस्कन नमिल्ने तर खुल्ला ठाउँमा संक्रमितलाई राख्ने ठाउँको व्यवस्था गरिनु पर्ने हुन्छ । वीरगन्जको लागि नेशनल ट्रेडिङ्ग लिमिटेडको जस्तो फराक ठाउँमा बिरामीलाई राख्ने व्यवस्था गर्नु पर्ने हुन्छ । नारायणी अस्पताल जस्तो जेनेरल अस्पताललाई कोभिड १९ अस्पताल बनाइनु हुँदैनथ्यो । यो छुट्टै प्रकारको रोग हो डा. सिंहले भने । केही नीजि अस्पताल पनि सरकारहरुले नै आफ्नो नियन्त्रणमा लिएर त्यहाँ पनि केही बिरामीहरुको व्यवस्थापन गर्न सकिन्छ नारायणी अस्पतालका चिकित्सकहरुले भने ।

मंगलबार भेटिएका सबै स्थानीय
मंगलबार पर्सामा फेला परेका संक्रमित सबै स्थानीय पुरुषहरु रहेको खुलेको छ । सबैको विस्तृत विवरण भने संकलन हुँदै गरेकोले अहिले नै सबै कुरा प्रष्ट भन्न सक्ने अवस्था नभएको नारायणी अस्पतालले जनाएको छ । तेस्रो चरणमा प्रवेश गर्न थालेको कोभिड संक्रमितको यो अवस्थालाई कसरी न्यूनिकरण गर्ने ? भन्ने सवालमा स्थानीय स्तरका सबै जिम्मेवार व्यक्तिहरु पनि अब बल्ल चिन्तित हुन थालेका छन् । समुदायमा संक्रमण छिरेपछि मंगलबार साँझबाट जिल्लालाई नै निशेधाज्ञा गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

२ जना पत्रकार पनि संक्रमित
पर्सामा अहिले सम्म संक्रमित पुष्टि भएका ६६ जना मध्ये २ जना पत्रकार पनि परेको खुलेको छ । वीरगन्जमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरह फ्रन्ट लाइनमा नै रहेर काम गर्ने २ जना संचारकर्मीमा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमित सबैलाई त म चिन्दिन । तर २ जना चाही पत्रकार हुन् नारायणी अस्पतालका मेसु उपाध्यायले भने । पर्सामा संक्रमित भएका पत्रकार मुलुकभरमा नै पहिलो पटक पत्रकारमा संक्रमित हुने पत्रकार भएको नारायणी अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ