धनकुटा । ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका–८ सान्ताङ बस्ने ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
पीडित महिलाले जबरजस्ती कारणी गरेको आरोपसहित उजुरी दिएकी थिइन् । महिलाको उजुरीका आधारमा राई पक्राउ परेका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)






