चन्द्रनगरमा सोहजन (मोरिङ्गा) को ८३ हजार विरुवा रोपिने

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सोहजन (मोरिङ्गा) को ८३ हजार विरुवा रोपिने भएको छ ।

आज वृक्षारोपण शुभारम्भ गरिएको छ । सोहजन (मोरिङ्गा) को वृक्षारोपण कार्यक्रमको उद्घाटन मधेश प्रदेशका भूमि कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्री र अर्थ मन्त्री सुनिलकुमार यादवले सोहजनको बिरुवा रोपेर शुभारम्भ गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका भूमी कृषि तथा सहकारी मन्त्री क्षेत्रीले सोहजन पोषण तथा रोजगारीका लागि उतम भएको हुदा सोहजन खेती तर्फ लाग्न किसानहरूलाई आग्रह गरे । उनले सोहजनलाई ब्राण्डिंग तथा प्याकेजिंगको लागि कृषि मन्त्रालयले सहयोग गर्ने बताए ।

मधेश प्रदेशका अर्थ मन्त्री यादवले किसानहरूलाई राज्यले प्राथमिकतामा नराखेको हुँदा किसानी पेशाबाट किसानहरू विस्थापित भइरहेको बताएका थिए । समृद्धिको लागि सोहजन खेती अती उत्तम भएको हुदा विरोधभन्दा यसमा सबैलाई सहयोग गर्न उनले आग्राह गरे ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सोहजनको महिमा आपार छ, सोहजनको पाँच क्षेत्र छन । सोहजनमा शरीरलाई चाहिने धेरै तत्व पाइएको छ । चन्द्रनगरमा सोहजन क्रान्ति सुरु भइसकेको हुदा सोहजन खेतीबाट नै किसानलाई समृद्ध बनाउन सकिने गाउँपालिका अध्यक्ष महतोले बताए । सोहजनको अन्तराष्ट्रिय व्यपार भएको हुदा यसको खेतीले सहजै समृद्धि हासिल गर्न सकिने अध्यक्ष महतोले बताए ।

सोहजन खेती सम्बन्धि किसानहरुमा भ्रम फैलिएको छ त्यो भ्रम सबै मिली चिर्नुपर्ने चन्द्रनगर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादवले जानकारी दिए । चन्द्रनगरको सात वटै वडाको सडक पेटी, अन्य सार्वजनिक ठाउँ तथा किसानहरुलाई सोहजनको बेर्ना वितरण गरिने अधिकृत यादवले जानकारी दिए ।

पोषणविद्का अनुसार सोहजनमा ९२ किसिमको पोषक तत्व पाइन्छ । यसले कुपोषणको रोकथाम र उपचार गर्दछ। यसले ३ सय भन्दा बढी रोगहरुको रोकथाम र उपचार गर्छ। सोहनको नियमित प्रयोगले शरीरको चमक र सौन्दर्यमा पनि वृद्धि गराउँछ। सोहजनले वातावरण संरक्षण र शुद्ध बनाउँछ। यसले कार्बन उत्सर्जनमा कमी ल्याई जलवायु परिवर्तन रोक्न मदत गर्छ। समान्यतया अन्य रुख विरुवाले भन्दा सोहजनले २० गुणा कार्बन अवशोषण गर्छ। यसको कार्बन व्यपार गरि विदेशी डलर आम्दानी पनि गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम