रास्वपा उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन निर्वाचित, सहमहामन्त्री को–को भए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

यसैगरी महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनमा भएको प्रथम महाधिवेशनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् । पदाधिकारी निर्वाचनमा कुल १ हजार २८९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह विजयी भएका छन् । सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल