नेपालको अर्थतन्त्र, संस्कृति र खाद्य सुरक्षाको आधारस्तम्भ कृषि नै हो । जबकि, कृषिभित्र पनि धानको महŒव अतुलनीय छ । देशको प्रमुख खाद्यान्न, सांस्कृतिक परम्पराको अभिन्न अंग र किसानको आजीविकाको स्रोत धानखेतीमा हालै चासोजनक तर जटिल प्रवृत्ति देखिन थालेको छ । फलतः धान उत्पादन हुने जमिनको क्षेत्रफल लगातार घट्दै गएको छ तर जमिनको कुल उत्पादन बढिरहेको छ । यो विरोधाभासी अवस्थाले नेपालको कृषि क्षेत्र, खाद्य सुरक्षा नीति र ग्रामीण विकासको भविष्यका लागि गम्भीर प्रश्न उठाएको छ ।
धान मुलुकको सभ्यताका साथै मुख्य खाद्यान्नको फसल पनि हो । यो तराई, पहाड र हिमाली क्षेत्रका उपयुक्त भेगमा सयौं वर्षदेखि खेती गरिँदै आएको छ । यसले केवल खाद्यान्न नभएर सांस्कृतिक चाडपर्व दसैं, तिहार, विवाहजस्ता सामाजिक सम्बन्ध (परिवार, समुदाय), र धार्मिक अनुष्ठानमा केन्द्रीय भूमिका खेलेको छ । यसमा पनि कारण खोतलिनेछन्, प्रभाव बुझिनेछ, चुनौती र सम्भावना अध्ययन गरिनेछ र सतत समाधानका उपाय सुझाव प्रस्तुत गरिने प्रसास जारी रहनेछन् ।
सन् १९९० को दशकमा तराईमा धानको क्षेत्रफल लगभग १५ लाख हेक्टर थियो भने हाल यो १२–१३ लाख हेक्टरमा झरेको छ । यसैगरी, पहाडमा यो ह्रास झन् नाटकीय रहेको छ । मुलुकमा धानको क्षेत्रफल घट्दैजाँदा पनि उत्पादन बढ्ने प्रवृत्ति जटिल वास्तविकता हो । यसको पछि आधुनिक कृषि प्रविधि प्रयोग, उन्नत बीउ, सुधारिएको सिँचाइ, यान्त्रिकीकरण र किसानको बढ्दो ज्ञान, सीपको सकारात्मक योगदान छ । तर, यो विरोधाभास चिरस्थायी समाधान होइन । अतः जलवायु परिवर्तनको बढ्दो खतरा, क्षेत्रफलको निरन्तर ह्रास, उत्पादकत्व वृद्धिका सीमा, माटोको अवनति, पानी अभाव र संरचनात्मक कमजोरीले गम्भीर चुनौती सामना गरिरहनुपरेको छ ।
भविष्यको खाद्य सुरक्षा र कृषिको सतत विकासका लागि एकीकृत दृष्टिकोण आवश्यक छ । जसमा उत्पादकत्वमा भएको वृद्धि ‘केबल प्रविधिगत नभएर सतत रूपमा जारी रहन सक्नेछ कि ?’ भन्ने प्रश्न बाँकी छ । जलवायुअनुकूल खेती अपनाउने, कृषियोग्य जमिन संरक्षण, जैविक खेतीलाई बढावा दिने, मूल्य शृंखला मजबुत बनाउने, किसानको क्षमता विकास र प्रभावकारी नीति कार्यान्वयनजस्ता कदम अविलम्ब उठाउनुपर्छ । यसरी मात्र नेपालले धान उत्पादनमा भएको विरोधाभासी प्रगति दीर्घकालीन सफलतामा परिणत गर्न सक्नेछ र धानको देशको विरासत अझै बलियो राख्न सक्नेछ । यसर्थ किसान, सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय साझेदारको समन्वित प्रयास नै भविष्यको गारो रूपमा देखापरेको छ ।
मुलुकमा पछिल्ला ५ वर्षमा धान खेतीको क्षेत्रफल लगभग १४ लाख ७३ हजार हेक्टरबाट घटेर १४ लाख २० हजार हेक्टरमा झरेको छ । तर, उत्पादन ५६ लाख मेट्रिक टनबाट बढेर ५९ लाख मेट्रिक टन पुगेको छ । चालू आर्थिक वर्षमा धान उत्पादन लगभग ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जबकि, क्षेत्रफल केही घटेको छ । फलतः देशमा वार्षिक ७० लाख मेट्रिक टन मागमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ ।
नार्कले ५ दशमलव २ टन प्रतिहेक्टर उत्पादन हुने खुमल–१८ जातको धान सिफारिस गरेको छ । जुन चैते धान विस्तार गरेर आत्मनिर्भरता हासिल गर्ने योजना आगामी बजेटमार्फत अघि सारिएको छ । तथापि, भन्सार विभागको तथ्यांकअनुसार चालू आव २०८१÷८२ को ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपैयाँबराबरको धानचामल आयात भएको थियो । यस वर्ष झन्डै दोब्बर रकमले धानचामल आयात बढेको तथ्यांकले देखाएको छ । चालू आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपैयाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपैयाँबराबरको १५ करोड ३७ लाख ८ हजार केजी धान आयात भएको थियो । त्यस्तै, चालू आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपैयाँबराबरको ५ करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ ।
खाद्य सुरक्षा र कृषि विकासका लागि एकीकृत दृष्टिकोण आवश्यक छ । जसमा उत्पादकत्व वृद्धि ‘केबल प्रविधिगत नभएर सतत रूपमा जारी रहन सक्नेछ कि ?’ भन्ने प्रश्न बाँकी छ । जलवायुअनुकूल खेती अपनाउने, कृषियोग्य जमिन संरक्षण, जैविक खेतीलाई बढावा, मूल्य शृंखला मजबुत बनाउने, किसानको क्षमता विकासजस्ता कदम अविलम्ब उठाउनुपर्छ
गत वर्ष सो अवधिमा ८ अर्ब ६९ करोड १६ लाख रुपैयाँको २ करोड ६९ लाख ७ हजार केजी चामल आयात भएको थियो । यो वृद्धि उन्नत बीउ र मल प्रयोग, राम्रो वर्षा र कृषि प्रविधि पहुँचले सम्भव भएको हो । केही वर्षदेखि देशको धान खेतीको क्षेत्रफलमा घटबढ देखिए पनि उत्पादन दर भने क्रमशः बढ्दो क्रममा रहेको छ । यो परिघटना विविध कारणमा आधारित छ । जसको व्यापक रूपमा विश्लेषण गर्नु आवश्यक पनि छ । वस्तुतः धान खेतीको क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्ने स्थिति देखिएको छ ।
यसरी वर्षे धानको खेतीयोग्य क्षेत्रफलमा घट्न थालेपछि चैते धान लगाउन किसानलाई प्रोत्साहित गरिरहेको विभागले जनाएको छ । हाल १ लाख १० हजार हेक्टरमा चैते धान भइरहेको र २ लाख हेक्टरसम्म विस्तार गर्नसके मागअनुसार उत्पादन हुनसक्ने विभागको भनाइ छ । जुन बालीलाई चैत, वैशाख र जेठमा हुने चैत धानखेतीका लागि निरन्तर खेतमा पानी पु¥याइरहनुपर्ने हुन्छ । यसमा पनि सुक्खा सिजनमा नियमित रूपले सिँचाइ सुविधा पु¥याउन भने कठिन हुने सम्बन्धित क्षेत्रले जनाएको छ । चैते धानका लागि १ लाख हेक्टर क्षेत्रफल विस्तार गर्ने धेरै गाह्रो विषय हो ’cause सुक्खा सिजनमा नियमित रूपले खेत सिञ्चित गर्न मुस्किल पनि छ । जसका पछाडि विभिन्न सामाजिक, आर्थिक र प्राविधिक कारण छन् ।
सहरीकरण र औद्योगीकरण
देशमा तीव्र सहरी विस्तारले खेतीयोग्य जमिनलाई अन्य प्रयोजनमा रूपान्तरण गरिरहेको छ ।
आवासीय निर्माण र पूर्वाधार विकास
राष्ट्रमा विसकासका नाममा भएको सडक, आवासीय परिसर र अन्य पूर्वाधार निर्माणका लागि कृषियोग्य भूमि प्रयोग गरिँदै छ ।
जलवायु परिवर्तन
सयमसमयमा हुने बाढी, पहिरो, डुबान, असिना आदि अनियमित मौसमी परिवर्तनले किसानलाई धान खेतीबाट विमुख गराएको छ ।
वैदेशिक रोजगार प्रवृत्ति
देशमा भएका झन्डै ६० लाखभन्दा बढी युवावर्ग वैदेशिक रोजगारीमा आकर्षित हुन थालेपछि कृषि पेसामा रुचि घटेको छ ।
भूमि खण्डीकरण र मलजल अभाव
मुलुकमा विद्यमान भूमिलाई स–साना टुक्रामा बाँडिएको जमिनमा आधुनिक कृषि सम्भव नहुनु उत्पादन घटाउने प्रमुख कारक पनि हो । यसर्थ, कृषि भूमि संरक्षणका लागि सरकारले कृषि भूमिको जथाभावी खण्डीकरण र घडेरीकरण रोक्नका लागि कडा नीति बनाउनुपर्छ । जुन कृषियोग्य भूमिको वर्गीकरण गरी यसलाई संरक्षण गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्छ । यसर्थ, ल्यान्ड पुलिङजस्ता अवधारणा प्रयोग गरी ठूला क्षेत्रफलमा सामूहिक खेतीलाई प्रोत्साहन गर्न सकिन्छ ।
उन्नत जात धान प्रयोग
२१औं शताब्दीमा आएर किसानले परम्परागत जातको सट्टा उत्पादकता बढी हुने उन्नत जात प्रयोग गर्न थालेका छन् । जसले गर्दा कृषि कर्मबाट प्राप्त हुने विभिन्न बालीको प्रतिफलमा प्रतिइकाई उत्पादकत्वमा वृद्धि हुन थालेको छ ।
सिँचाइ पहुँच विस्तार
देशमा ५० प्रतिशत मात्र सिञ्चित भूमिमै सीमित रहेको र ५० प्रतिशत अकासे पानीको भर पर्नुपर्ने बाध्यतामा कृषक छन् । जसलाई आधुनिक किसिमका सिँचाइ आयोजना तथा सौर्यपम्प विकासले पानीको सुनिश्चितता बढाएको छ ।
आधुनिक प्रविधि र यान्त्रिकीकरण
हाल स्थितिमा युवाहरूको समूह कमी तथा गाउँ घरलगायत देशभरिमा खेतीमा लाग्ने जनशक्ति कमीको कारण एकातिर छ भने विकसित साधन ट्र्याक्टर, थ्रेसर र धान रोप्ने यन्त्र प्रयोगले दक्षता बढाएको छ ।
शिक्षित किसानको उदय
पहिलेका बूढापाकाले आफ्नै तौरतरिकाले खेतिपाती गर्ने प्रचलन रहेको थियो भने हाल आएर युवापुस्ता शिक्षित भएर कृषि प्रणालीमा सुधार ल्याउँदै छन् ।
कृषि अनुदान तथा सरकारी योजना
सरकारले मल, बीउ, औजारमा अनुदान दिँदा किसान प्रोत्साहित भएका छन् । धानबालीमा क्षेत्रफल घट्दा पनि उत्पादन कसरी बढेको ? भन्ने प्रश्नको उत्तरका आधारमा निम्नबमोजिमका बुँदालाई प्रस्तुत गरिएको छ ।
उपज प्रतिहेक्टरमा वृद्धि
कृषकले खेती गरिएको कुनै पनि बाली उत्पादन क्षमता प्रतिहेक्टर बढी भएपछि कुल उत्पादनमा वृद्धि भएको हो ।
सघन खेती प्रविधि प्रयोग
सघन खेती, मल व्यवस्थापन र बाली चक्र प्रणालीका कारण उत्पादकत्व बढेको हो ।
समय व्यवस्थापन र सिँचाइ सुधार
उचित समयमा खेती व्यवस्थापन तथा सिँचाइ व्यवस्थापनले उपज बढाएको हो ।
कृषि अनुसन्धान योगदान
कृषि अनुसन्धान केन्द्रबाट प्रवर्धन गरिएका जातले उत्पादनको स्तर बढाएका छन् । हाम्रो देशमा आव २०६५÷६६ सालतिर धान खेती क्षेत्रफल १४ लाख हेक्टरभन्दा बढी थियो भने आव २०७८÷७९ मा सो क्षेत्रफल घटेर १३ लाख हेक्टरभन्दा कम भएको छ । यसमा प्रतिहेक्टर उत्पादन भने पहिले २ दशमलव ७ टन मात्र थियो भने हाल उत्पादकŒव वृद्धि भई ३ दशमलव ८ टन नजिक पुगेको छ । यसैगरी, धान बालीमा देखिने चुनौती पनि निम्न बु“दागत प्रस्तुत गरिएको छ ।
जमिनको ह्रास
मुलुकमा खेतीयोग्य जमिन निरन्तर घट्दो अवस्थामा रहनु दीर्घकालीन रूपमा यो चिन्ताको विषय रहेको छ ।
वातावरणीय जोखिम
बाढी, डढेलो र कीराले गर्दा उत्पादनमा जोखिम रहेको छ ।
सार्वजनिक चेतना अभाव
नयाँ प्रविधि प्रयोग’bout जानकारी सबै किसानसम्म पुगेको छैन । बजार अभाव र मूल्य अस्थिरताका कारण उत्पादन भए पनि उचित मूल्य नपाउँदा किसान हतोत्साहित हुन्छन् । धान बालीमा देखिएका भावी सम्भावना र नीति सिफारिस गर्न निम्न बु“दालाई प्रस्तुत गरिएको छ ।
स्मार्ट एग्रीकल्चर प्रवर्धन
डिजिटल प्रविधि प्रयोगबाट उत्पादन दर थप बढ्न सक्छ ।
जैविक खेती र निर्यात सम्भावना
जैविक धान उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउन सक्छ ।
उन्नत बीउ उत्पादन र वितरण
सरकारले गुणवत्तायुक्त बीउको प्रबन्ध गर्नुपर्छ ।
सिँचाइ सुधारका दीर्घकालीन आयोजना
दीर्घकालीन सिँचाइ योजना सञ्चालन जरुरी छ ।
कृषक बीमा तथा संरक्षण कार्यक्रम
जोखिम न्यूनीकरणका लागि बीमा प्रणाली लागू गर्नुपर्छ ।
निष्कर्षमा देशमा धान खेतीको क्षेत्रफल घट्दै गएको मुख्यतया प्राकृतिक प्रकोप, जनशक्ति अभाव र जमिनको गैरकृषि उपयोगका कारण हो । तर, उन्नत बीउ, मल र प्रविधि प्रयोगले धानको उत्पादकत्व र कुल उत्पादनमा वृद्धि भएको छ ।
यसले कृषिमा आत्मनिर्भरता कायम राख्न सहयोग पु¥याएको छ । यसका साथै आगामी दिन क्षेत्रफल घट्दा पनि उत्पादनलाई निरन्तर बढाउनका लागि जलवायुअनुकूल कृषि नीति, सिँचाइ व्यवस्थामा सुधार र कृषकलाई प्रविधि पहुँच सुनिश्चित गर्नु आवश्यक पनि छ ।
यसरी नै धान खेतीको क्षेत्रफल घट्नुले चिन्ताको वातावरण बनाएको छ भने उत्पादनको वृद्धिले केही राहत दिएको छ । अतः दीर्घकालीन समाधानका लागि समन्वित कृषि नीति, आधुनिक प्रविधिको प्रयोग र युवालाई कृषि पेसामा आकर्षित गर्ने रणनीति आवश्यक छ ।
[email protected]






