भानुभक्त आचार्य र घाँसीबीच के भएको थियो ?

नेपालमा साहित्यको उज्यालो सुरुवात गर्ने आदिकवि भानुभक्त आचार्यको योगदान अद्वितीय छ । उनलाई नेपाली भाषामा ‘रामायण’ लेख्ने पहिलो व्यक्ति भनेर सम्मान गरिन्छ । तर, यस महान् कार्यको प्रेरणा सामान्य घाँसीबाट कसरी आयो त ? नेपाली साहित्य आकाशमा भानुभक्त आचार्य चम्किला तारा हुन् । कालजयी कृति, नेपाली भाषामा रचित ‘रामायण’, केवल साहित्यिक कृति होइन, नेपाली भाषा, संस्कृति र राष्ट्रिय चेतनाको आधारस्तम्भ पनि हो ।

यस महान् कार्यको प्रेरणा कहाँबाट आयो ? जनश्रुति र ऐतिहासिक मान्यताले साधारण घाँसी (घाँस काट्ने व्यक्ति)लाई नै यस अपूर्व साहित्यिक यात्राको मुख्य प्रेरक शक्तिका रूपमा चिनाउँछ । भानुभक्तलाई घाँसीबाट प्राप्त भनिएको प्रेरणाको घटना, यसको ऐतिहासिकता, सन्दर्भ, मनोवैज्ञानिक पक्ष र नेपाली जीवनमा यसले छोडेको गहिरो प्रभावको गहन अन्वेषण गर्छ । त्यसरी नै नेपाली साहित्य फाँटमा आदिकवि भानुभक्त आचार्यको नाम स्वर्णिम अक्षरले लेखिएको छ । उनको योगदानले नेपाली भाषालाई एउटा नयाँ उचाइमा पु¥यायो र नेपाली कविता जनमानसमाझ लोकप्रिय बनायो । यसपछाडि रोचक र प्रेरणादायी कथा लुकेको छ । जुन घाँसीको प्रेरणासँग सम्बन्धित छ । यस घटनाले भानुभक्तको जीवनमा मात्र नभई नेपाली साहित्यकै दिशामा महŒवपूर्ण मोड ल्यायो ।

प्रारम्भिक जीवन र सामाजिक परिवेश
भानुभक्त आचार्य १८७१ सालमा तनहुँ चुँदी रम्घामा सम्पन्न ब्राह्मण परिवारमा जन्मेका थिए । उनका हजुरबुवा श्रीकृष्ण आचार्य राम्रा ज्योतिषी र बुवा धनञ्जय आचार्य सरकारी जागिरे थिए । त्यसैले भानुभक्तले बाल्यकालदेखि नै शिक्षाको राम्रो अवसर पाए । घरमै उनले संस्कृत, ज्योतिष र पुरोहित्य शिक्षा हासिल गरेका थिए । त्यस समय संस्कृत भाषाको ठूलो प्रभाव थियो र नेपाली भाषामा साहित्य सिर्जना गर्ने प्रचलन थिएन । कविता, नाटक र अन्य साहित्यिक कृति प्रायः संस्कृतमै लेखिन्थे । जनसाधारणमाझ संस्कृत भाषाको पहुँच थिएन र यसले गर्दा साहित्य केही सीमित वर्गमै थियो । भानुभक्तको समय नेपाल राजनीतिक अस्थिरता र सामाजिक परम्परागत बन्धनले ग्रस्त थियो । तत्कालीन समय राणा शासन उदय भइसकेको थिएन, तर केन्द्रीकृत शासन व्यवस्थाले जरो गाड्दै थियो । यसमा पनि शिक्षा र चेतनास्तर निकै कम थियो । यस्तो अवस्थामा भानुभक्तले प्रारम्भिक जीवन व्यतीत गरे । उनलाई संस्कृत भाषाको राम्रो ज्ञान थियो र उनी आफैं पनि कविता लेख्थे, तर ती संस्कृतमा नै हुन्थे । उनले संस्कृतका विभिन्न ग्रन्थ अध्ययन गरेका थिए र उनको मनमा केही नयाँ कार्य गरी कृति राख्ने हुटहुटी चलिरहेको थियो ।

घाँसीसँगको भेट र अदृश्य प्रेरणा
भानुभक्त आचार्यको जीवनमा सबैभन्दा महŒवपूर्ण घटनाक्रम घाँसीसँगको भेट थियो । यस भेटले उनको जीवनको मात्रै नभई, नेपाली साहित्यको नै मोड परिवर्तन गरिदियो । यस घटनाको समय र स्थान’bout विभिन्न मत भए पनि यसको मूल मर्म भने एउटै छ । भानुभक्त एक दिन बाटोमा हिँडिरहेका थिए । उनी निकै चिन्तित र उदास थिए । यसमा सायद जीवनको निरर्थकता वा आफ्नो सिर्जनाको उद्देश्य’bout उनले चिन्तन गरिरहेका थिए । यस्तैमा उनको नजर एक घाँसीमा प¥यो । जुन घाँसी सामान्य व्यक्ति थियो । जसले आफ्नो जीवन निर्वाहका लागि घाँस काटेर बेच्ने काम गथ्र्यो । भानुभक्तले घाँसीलाई देखेर सोधे, ‘ए घाँसी † तिमी के गर्छौं ?’ घाँसीले सरल भावमा उत्तर दियो, ‘महाराज † म घाँस काट्छु र बेच्छु । मैले यो घाँस काट्दाकाट्दै एउटा कुवा बनाउने जमर्को गरेको छु, ताकि मानिसलाई प्यास लाग्दा पानी पिउन सजिलो होस् र म मरेर गए पनि मेरो नाम रहोस् ।’ घाँसीको सामान्य भनाइले भानुभक्तको मनमा गहिरो प्रभाव पा¥यो । उनले सोचे, ‘यो सामान्य घाँसीले आफ्नो जीवनमा यस्तो महान् परोपकारी कार्य गर्ने सोच राखेको छ, जसले गर्दा उसको नाम युगौंयुगसम्म रहनेछ । म त विद्वान् र धनी व्यक्ति हुँ, मैले अहिलेसम्म यस्तो केही गरेको छैन, जसले मेरो नाम अमर राख्न सकोस् ।’ यस विचारले भानुभक्तको मनमा ठूलो हलचल पैदा ग¥यो । उनलाई जीवनको उद्देश्य र कर्तव्यबोध भयो । घाँसीको कामलाई केवल घाँस काट्ने र बेच्ने होइन, बरु एउटा परोपकारी कार्यका रूपमा हेरे, जुन भविष्यमा पनि मानिसका लागि उपयोगी हुनेछ । उनले घाँसीको सामान्य जीवनबाट ठूलो प्रेरणा लिए । यस प्रेरणाका कारण उनले आफू पनि यस्तै केही अमूल्य काम गर्ने प्रण गरे, जुन नेपाली समाज र साहित्यका लागि चिरस्मरणीय हुनेछ ।

भानुभक्तले घाँसीलाई देखेर सोधे, ‘ए घाँसी ! तिमी के गर्छौं ?’ घाँसीले सरल भावमा उत्तर दिए, ‘महाराज † म घाँस काट्छु र बेच्छु । मैले यो घाँस काट्दाकाट्दै एउटा कुवा बनाउने जमर्को गरेको छु, ताकि मानिसलाई प्यास लाग्दा पानी पिउन सजिलो होस् र म मरेर गए पनि मेरो नाम रहोस् ।’

घाँसीको प्रेरणाको भानुभक्तको मनमा परेको प्रभावले गहिरो छाप छोड्यो । उनले आफ्नो जीवनको उद्देश्य र कर्तव्य’bout गहन चिन्तन गर्न थाले । वस्तुतः घाँसीको प्रश्नबाट जन्मिएको प्रतिज्ञा तथा प्रेरणाले भानुभक्तको मनमा भावनाको बाढी ल्यायो । यस घटनाले उनलाई निर्णय गर्न प्रेरित ग¥यो ।

रामायण अनुवादको प्रण
भानुभक्तले आफ्नो ज्ञान र प्रतिभा जनसाधारणको सेवामा लगाउने ठोस उपाय खोजे । उनले महसुस गरे कि वाल्मीकि रामायणजस्तो महाकाव्य, जसमा जीवनका धेरै पाठ समेटिएका छन्, सामान्य नेपाली भाषामा उपलब्ध हुनुपर्छ । यसैले उनले संस्कृतमा रहेको वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने ऐतिहासिक निर्णय गरे । यो केवल शाब्दिक अनुवाद होइन, नेपाली संस्कृति, परिवेश र मानिसको भावनासँग जोडिएर गरिएको रचना पनि थियो ।

नेपाली भाषाको माध्यम
भानुभक्तको लक्ष्य स्पष्ट थियो कि ज्ञानलाई संस्कृतको कैदबाट मुक्त गरी सर्वसाधारणको भाषा, नेपाली भाषामा पु¥याउनुपर्ने महान् लक्ष्य राखेर कार्य गरेका थिए, त्यो कार्य सफलतापूर्वक सम्पन्न पनि भयो । उनलाई घाँसीले नेपालीमा सोधेको प्रश्नले नै उनलाई यस भाषाको शक्ति र व्यापक पहुँच’bout दृढ विश्वास दिलायो ।

सामाजिक न्यायको भावना
भानुभक्तको यो कार्य केवल साहित्यिक होइन, एउटा सामाजिक न्यायको कार्य पनि थियो । उनले जनतालाई उनीहरूको आफ्नै भाषामा आफ्नो सांस्कृतिक धरोहर, नैतिक मूल्य र धार्मिक ज्ञानबाट जोड्न खोजे । यसले सामान्य मानिसलाई पनि आत्मसम्मान र पहिचान दिन मद्दत ग¥यो ।

सामाजिक–सांस्कृतिक परिवेश
१९औं शताब्दीको नेपालमा राणा शासनको सुरुवात भइरहेको थियो । तत्कालीन समय देश बन्द अवस्थामा थियो र जनताले कठिन जीवन बिताइरहेका थिए । फलतः नेपाली भाषा (तत्कालीन खस कुरा, गोर्खाली) आमबोलचालको भाषा थियो । तर, साहित्यिक कार्यका लागि संस्कृतलाई नै प्रमुखता दिइन्थ्यो । सामान्य जनताको भाषामा उनीहरूले आफूलाई चिनाउने, ज्ञान प्राप्त गर्ने अवसर सीमित थियो ।

भानुभक्तको मनस्थिति
भानुभक्त संस्कृतमा पारंगत थिए । उनी धार्मिक र सांस्कृतिक विषयप्रति गम्भीर रुचि राख्थे । तर, उनले महसुस गरे कि उनको ज्ञान केवल संस्कृत जान्ने सीमित वर्गसम्म नै थियो । यसमा पनि साधारण नेपाली जनता, जसको भाषा नेपाली थियो, उनीहरूका लागि उनको ज्ञान अप्राप्य थियो । यसले उनमा एक प्रकारको असन्तुष्टि र चिन्ता जन्माएको हुनसक्छ । जसले गर्दा आफ्नो ज्ञानले समाजको व्यापक हिस्सालाई छुन सकेको छैन भन्ने भावना रहिआएको थियो ।

भानुभक्तलाई घाँसीले दिने प्रेरणाको कथा नेपाली इतिहास र संस्कृतिको अमर कथा हो । फलतः ऐतिहासिक वास्तविकताको विवाद भए पनि, यसको प्रतीकात्मक शक्ति र सन्दर्भ निर्विवाद छ । यसरी घाँसीको सरल प्रश्नले भानुभक्तको मनमा भएको सामाजिक अन्याय र ज्ञानको असमान वितरणप्रतिको चिन्तालाई स्पष्ट रूपमा उजागर ग¥यो र उनलाई एउटा क्रान्तिकारी साहित्यिक यात्रामा अग्रसर ग¥यो । वस्तुतः भानुभक्तको ‘रामायण’ले नेपाली भाषालाई गौरवान्वित पा¥यो । सामान्य जनतालाई ज्ञान सांस्कृतिक धरोहरसँग जोड्यो र नेपाली राष्ट्रिय पहिचान मजबुद बनाउन महŒवपूर्ण योगदान पु¥यायो । यस कथाले यो पाठ सिकाउँछ कि प्रेरणा कहिलेकाहीँ सबैभन्दा अपेक्षित स्रोतबाट आउनसक्छ र सानो कुराले पनि महान् उद्देश्य र परिवर्तनको बीउ रोप्न सक्छ । जसरी घाँसीको प्रश्न र भानुभक्तको प्रतिक्रिया नेपाली जीवनदर्शनको एउटा मूलभूत सिद्धान्तलाई दर्साउँछ ।

आज २१औं शताब्दीमा समेत यस ज्ञानको प्रसार जनसाधारणको भाषामा हुनुपर्छ र सामाजिक सेवा नै विद्या र विशेषाधिकारको सार्थकता हो । जसरी भानुभक्त र घाँसीको यो अमरसम्बन्ध नेपाली मन र आत्माको गहिराइमा सधैं बसिरहनेछ । जहाँबाट नयाँ प्रेरणा र राष्ट्रिय चेतना जागिरहनेछ । यो कथा केवल अतीतको कुरा होइन, नेपाली समाजको भविष्य निर्माण गर्ने नैतिक शिक्षाको दिशानिर्देश पनि हो । मूलतः रामायणमा रुचि भएका पाठकले अहिले पनि नेपाली समाजमा यसका श्लोक याद गर्छन् भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोक पाएपछि विवाह, व्रतबन्ध आदिमा दोहोरी या श्लोक भन्ने चलन पनि सुरु भएको हो । यसर्थ, आजको दोहोरी र लोकगीतको उद्गमबिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो । भानुभक्तको लय बिलकुलै फरक प्रकारको छ । त्यस लय अझै नेपाली जनजिब्रोमा छ ।

भानुभक्त आचार्यलाई घाँसीको प्रेरणा भन्ने प्रसंग एउटा कथा मात्र नभएर नेपाली साहित्यिक इतिहासमा महŒवपूर्ण घटना पनि हो । मूलतः भानुभक्त र घाँसीको भेटले नेपाली साहित्यमा युगान्तकारी परिवर्तन ल्यायो । यो सानो घटना एउटा महान् यात्रा बन्यो । यसबाट हामी सिक्नसक्छौं कि प्रेरणा जहाँबाट पनि प्राप्त हुनसक्छ र सच्चा परिवर्तनको बीउ सामान्य कुरामा पनि लुकेको हुनसक्छ । दरिद्र घाँस काट्ने घाँसीको जीवनशैली, समाजप्रति उनको समर्पण र साधारण मानिसको संघर्षले भानुभक्तलाई आफ्नो साहित्यिक यात्रा सुरु गर्न उत्प्रेरित ग¥यो । यस प्रेरणाले भानुभक्तलाई ‘संस्कृत रामायण’लाई नेपाली भाषामा अनुवाद गर्न हौसला दियो । जसले गर्दा नेपाली साहित्यलाई नयाँ उचाइमा पु¥यायो । फलतः घाँसी र भानुभक्तको यो सम्बन्ध नेपाली साहित्य र संस्कृतिमा सदैव स्मरणीय रहनेछ । यसरी नै नेपाली साहित्य सेवामा समर्पित हुन प्रेरित ग¥यो ।

घाँसीको सामान्य भनाइले नेपाली भाषामा एउटा नयाँ साहित्यिक युग सुरुवात ग¥यो । यसमा भानुभक्तले ‘वाल्मीकि रामायण’लाई नेपाली भाषामा अनुवाद गरेर जनसाधारणमाझ ज्ञान र नैतिकताको ज्योति फैलाए । उनको सरल र बोधगम्य भाषाशैलीले नेपाली साहित्यलाई जनमुखी बनायो र उनलाई ‘आदिकवि’ उपाधि दिलायो । घाँसीको प्रेरणाको कथा आज पनि हामी सबैका लागि एउटा ठूलो पाठ हो । यसले हामीलाई सिकाउँछ कि ‘जीवनमा ठूलो परिवर्तन ल्याउनका लागि ठूला घटना नै हुनुपर्छ भन्ने छैन, कहिलेकाहीँ सामान्य भेटघाट वा विचारले पनि हाम्रो जीवनको दिशा परिवर्तन गर्नसक्छ ।’

भानुभक्त आचार्य र घाँसीको कथाले नेपाली साहित्य इतिहासमा मात्र नभई, मानव जीवनमा प्रेरणाको महŒव पनि दर्साउँछ । यसले हामीलाई सधैं परोपकार गर्ने, आफ्नो क्षमता समाजको हितमा प्रयोग गर्ने र नामलाई असल कामबाट अमर राख्ने प्रेरणा दिन्छ । अतः भानुभक्त आचार्यको योगदानले गर्दा आज नेपाली भाषा र साहित्यले जुन उचाइ प्राप्त गरेको छ, त्यसको मूलमा घाँसीको त्यो अदृश्य प्रेरणा नै रहेको छ । त्यसैले, जबसम्म नेपाली भाषा र साहित्यको अस्तित्व रहन्छ, तबसम्म भानुभक्त र घाँसीको यो प्रेरणादायी कथा पनि अमर रहनेमा दुईमत छैन ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द