केही वर्षयता विश्वका साना देशमा पर्यटन क्षेत्रको विकास तीव्र गतिले भइरहेको छ । फलतः यी देशहरूको अर्थतन्त्रमा सो क्षेत्रको योगदान पनि बढिरहेको छ । उदाहरणका लागि सन् २०१९ मा मकाउको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५२ दशमलव २ प्रतिशत थियो भने दक्षिण एसियाको सानो देश मालदिभ्सको कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान २६ दशमलव ४ प्रतिशत थियो । यसैगरी, सेसेल्स नामको सानो देशको कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान २६ दशमलव ४ प्रतिशत थियो । जसलाई न्यून मान्न सकिँदैन ।
सन् २०१९ मा विश्वका सात देशका कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतभन्दा बढी थियो । बाँकी देशहरूमा खासगरी एसिया प्रशान्त क्षेत्रका देशहरूमा सो क्षेत्रको ठोस विकास भएन । सन् २०१९ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । त्यसैले, सो वर्ष पर्यटन विकासको सन्दर्भमा नेपाल विश्वको ८८औं स्थानमा रहेको थियो । सन् २०२१ मा ‘द ग्लोबल इकोनोमी डटकम’ले पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशका नाम आफ्नो प्रतिवेदनमा समावेश गरेको थियो । सो प्रतिवेदनअनुसार सन् २०२१ मा अरुबा भन्ने सानो देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१ दशमलव २६ प्रतिशत भई पहिलो स्थानमा रहेको थियो भने सार्क क्षेत्रको सानो देश मालदिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७ दशमलव ६१ प्रतिशत भई विश्वको दोस्रो स्थानमा रहेको थियो ।
यसैगरी, एन्टिगवा एन्ड बर्बाडोस भन्ने सानो देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ३० दशमलव ३६ प्रतिशत योगदान थियो भने नेदरल्यान्डमातहत रहेको एन्टिलेस टापुको कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान २३ दशमलव ३ प्रतिशत थियो । सन् २०२१ मा सम्बन्धित देशका कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रबाट १० प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशहरूमध्ये सबैभन्दा सानो देश बहमास हो । सो वर्ष यसको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० दशमलव ३८ प्रतिशत थियो ।
सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । तसर्थ, ‘ग्लोबल इकोनोमी डटकम’ले त्यसबेला प्रकाशित गरेको एक प्रतिवेदनअनुसार सो वर्ष यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्र थियो । जुन अन्य साना राष्ट्रहरूको तुलनामा न्यून हो । भौगोलिक विविधताका सम्बन्धमा नेपाल अन्य देशहरूको तुलनामा कम छैन । यहाँ विश्वकै उच्च हिमशिखर ८ हजार ८ सय ४८ मिटरको उचाइमा अवस्थित सगरमाथालगायत ८ हजार मिटर माथिका आठवटा हिमाल छन् । यसबाहेक यहाँ मधेश र समथर मैदान, भित्री मधेश, स–साना मैदान, उपत्यका, टार र खोंच प्रशस्त छन् । यिनीहरूले पर्यटकलाई आकृष्ट गर्छन् । भूगोलविद्का अनुसार नेपालले विश्वको कुल भूभागको शून्य दशमलव शून्य १ प्रतिशत भूमि ओगटेको छ भने एसिया महादेशको शून्य दशमलव ३ प्रतिशत भूभाग ओगटेको छ । जहाँ प्रशस्त मात्रामा प्राकृतिक चीजहरू पाइन्छन् । जसले पर्यटकलाई मनोरञ्जन प्रदान गर्छन् ।
नेपाल विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिका लागि प्रसिद्ध छ । सन् १९७० देखि सन् १९८० सम्म गरिएको एक अध्ययनअनुसार यहाँ ५ हजार ६७ प्रकारका वनस्पति छन् । जसको हालसम्म पनि उपयुक्त किसिमबाट सदुपयोग गर्न सकिएको छैन । यिनीहरूको संरक्षण गर्नसकेमा भविष्यमा यहाँ आउने पर्यटकको संख्या निकै नै बढ्ने कुरा नकार्न सकिँदैन । विश्वमा कोभिडको असर न्यून भएपछि अन्तर्राष्ट्रिय मापदण्डहरू खुकुलो बनाइएका छन् भने व्यावसायिक वातावरण सहज बन्दै गएको छ । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रको प्रभावकारी बजारीकरणका नयाँ रणनीतिक कार्ययोजना बनाउन तयारी भएकाले आगामी वर्षहरूमा नेपाललगायत विश्वका धेरै देशमा पर्यटकको संख्या बढ्ने सम्भावना छ ।
सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । तसर्थ, ‘ग्लोबल इकोनोमी डटकम’ले त्यसबेला प्रकाशित गरेको एक प्रतिवेदनअनुसार सो वर्ष यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्र थियो । जुन अन्य साना राष्ट्रहरूको तुलनामा न्यून हो
नेपाल सरकारले हरेक वार्षिक बजेटमा सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य स्थलहरूको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्दै लैजाने कुरा उल्लेख गर्दै आएको छ । यसबाहेक नेपाल सरकारले एकातर्फ सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ भने अर्कातर्फ सन् २०२२ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाएर यहाँ प्रतिवर्ष ३५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । वर्तमान समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र विदेशी पर्यटक नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको संख्या बढ्नसक्ने सम्भावना छ । हाल नेपालका विभिन्न ठाउँमा ठूला तारे होटेलबाट स्थापना गर्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा बजारीकरण बढ्नेछ । जसको फलस्वरूप आगामी दिनहरूमा यहाँ पर्यटकको संख्या निकै नै बढ्नेछ ।
नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि अन्य देशहरूको तुलनामा न्यून छ । तसर्थ, हालसम्म पनि यहाँको पर्यटन उद्योगबाट आशा गरेअनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन । उदाहरणका लागि सन् २०१७ मा यहाँ आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ १२ दशमलव ६ दिन थियो भने सन् २०१८ र सन् २०१९ सो अवधि १२ दशमलव ४ दिन थियो । सन् २०२० मा यहाँ भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाइ केही बढे पनि सन् २०२१ मा सो अवधि १५ दशमलव १ दिन पुगेको थियो । जुन हालसम्मको बढी मानिन्छ । नेपालमा आउने विदेशी पर्यटकले यहाँको अर्थतन्त्रमा केही प्रभाव पार्छन् । परन्तु, छोटो बसाइका कारण उनीहरूले थोरै रकम मात्र खर्च गर्छन् । त्यसैले, उनीहरूले यहाँको अर्थतन्त्रमा थोरै मात्र योगदान पु¥याउँछन् । उदाहरणका लागि सन् २०१७ मा यहाँ आउने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसत ५४ डलर खर्च गरेका थिए भने सन् २०१८ मा ४४ डलर मात्र खर्च गरेका थिए । यसैगरी, सन् २०१९ मा यहाँ आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च ४८ डलर थियो । यद्यपि, सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति खर्च ६५ डलर पुगेको थियो । जुन हालसम्मको बढी औसत खर्च मानिन्छ ।
यथार्थतः पर्यटन विकासका लागि भविष्यमा यहाँ आउने विदेशी पर्यटकका औसत बसाइ अवधि बढाउन सक्नुपर्छ । यसका लागि एकातर्फ उनीहरूलाई बढी सुविधा दिन आवश्यक छ भने अर्कातर्फ उपयुक्त योजना बनाई कार्यान्वयन गर्न उत्तिकै जरुरी छ । नेपालमा आव २०७९÷८० को सुरुदेखि नै पर्यटकको आगमनमा सुधार हुन थाल्यो । ’cause, कोभिड–१९ को असर कम भएपछि अन्तर्राष्ट्रिय मापदण्डहरू खुकुलो बनाइएको छ भने व्यावसायिक वातावरण सहज बन्दै गएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा नेपाल १० लाखभन्दा बढी पर्यटक भित्रिए । कोभिड–१९ को महामारीपछि सो वर्ष यहाँ सबैभन्दा बढी पर्यटक आएका थिए । बोर्डका अनुसार अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रका प्रभावकारी बजारीकरणका लागि नयाँ राजनीतिक योजना बनाउने तयारी भएकाले आगामी वर्षहरूमा यहाँ पर्यटकको संख्या बढ्ने सम्भावना छ ।
वर्तमान समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटक नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्णरूपमा सञ्चालनमा ल्याइएपछि यहाँ आउने पर्यटकको संख्या केही बढ्ने आशा छ । यसबाहेक यहाँ ठूला तारे होटेलहरू खोल्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा बजारीकरण बढ्ने सम्भावना छ । फलतः आगामी दिनहरूमा यहाँ पर्यटकको आगमन निकै नै बढ्ने आशा छ । नेपाल सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । साथै, सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन वर्षका रूपमा मनाएर प्रतिवर्ष ३५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई व्यवहारमा उतार्नसके यहाँको अर्थतन्त्र सबलीकरणमा केही टेवा पुग्नेछ । यथार्थतः नेपाल सरकारले यहाँको हरेक वर्षको बजेटमा सुरक्षित एवं आकर्षक गन्तव्य स्थलका रूपमा विकास गर्दै यहाँको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने कुरा उल्लेख गर्दै आएको छ । परन्तु, यसलाई व्यवहारमा उतार्न सहज छैन । यसका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सक्रिय सहयोगको आवश्यकता छ ।
नेपालमा आव २०७९÷८० को सुरुदेखि नै पर्यटकको आगमनमा सुधार हुन थाल्यो । ’cause, कोभिड–१९ को असर कम भएपछि अन्तर्राष्ट्रिय मापदण्डहरू खुकुलो बनाइएको छ भने व्यावसायिक वातावरण सहज बन्दै गएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिए । कोभिड–१९ को महामारीपछि सो वर्ष यहाँ सबैभन्दा बढी पर्यटक आएका थिए । सो बोर्डका अनुसार अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रमा प्रभावकारी बजारीकरणका लागि नयाँ राजनीतिक योजना बनाउने तयारी भएकाले आगामी वर्षहरूमा यहाँ पर्यटकको संख्या बढ्ने सम्भावना छ । वर्तमान समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटक नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि यहाँ आउने पर्यटकको संख्या केही बढ्ने आशा छ । यसबाहेक यहाँ ठूला तारे होटलहरू खोल्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा बजारीकरण बढ्ने सम्भावना छ । फलतः आगामी दिनहरूमा यहाँ पर्यटकको आगमन निकै नै बढ्ने आशा छ ।
नेपाल सरकाले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । साथै, सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन वर्षका रूपमा मनाएर प्रतिवर्ष ३५ लाख पर्यटन भिœयाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई व्यवहारमा उतार्नसके यहाँको अर्थतन्त्र सबलीकरणमा केही टेवा पुग्नेछ । यथार्थतः नेपाल सरकारले यहाँको हरेक वर्षको बजेटमा सुरक्षित एवं आकर्षक गन्तव्यस्थलका रूपमा विकास गर्दै यहाँको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने कुरा उल्लेख गर्दै आएको छ । परन्तु, यसलाई व्यवहारमा उतार्न सहज छैन । यसका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सक्रिय सहयोगको आवश्यकता छ । पर्यटन नेपालको आधार स्तम्भ हो । यहाँ पर्यटन विकासको विपुल सम्भावना भए तापनि हालसम्म पनि आशा गरे अनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन । वस्तुतः यहाँ पर्यटन विकासका लागि आवश्यक पूर्वाधारको कमी, अपर्याप्त प्रचार–प्रसार र प्रशासनिक जटिलताको कारणले यस्तो अवस्था सिर्जना भएको हो । यसबाहेक यहाँ पर्यटन क्षेत्रलाई विविधीकरण गर्न नसक्दा धेरैजसो विदेशी पर्यटक काठमाडौं, पोखरा, चितवन, जनकपुर र लुम्बिनीमा केन्द्रित छन् ।
आज विश्वमा वातावरणीय विनाश तीव्र रूपले बढिरहेको छ । यसैले विश्वका धेरैजसो देशहरूमा वन्यजन्तु तथा चराचुरुंगीहरूको संख्या निरन्तर रूपले घटिरहेको छ, तर नेपालमा राष्ट्रिय निकुञ्ज तथा आरक्षणको सुव्यवस्था भएकाले यिनीहरूको संख्या उल्लेखनीय नै छन् । यस सम्बन्धमा व्यापक प्रचार–प्रसार गरिएमा भविष्यमा यहाँ आउने पर्यटकको संख्या केही बढ्नेछ । नेपालमा पदयात्रा र हिमाल आरोहणबाहेक सांस्कृतिक सम्पदा, वन्यजन्तु, चराचुरुंगी तथा जैविक विविधता संरक्षण, साहसिक खेलहरू आदिको प्रवर्धन गरेर यहाँको पर्यटन क्षेत्रको दायरा विस्तार गर्न सकिन्छ । यति मात्र नभई अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहकार्यमा वृद्धि, भिसा लिने प्रक्रियामा सरलीकरण र वातावरणमैत्री पर्यटनमा विशेष जोड दिएमा भविष्यमा यहाँको पर्यटन विकासमा निकै सघाउ पुग्नेछ । फलतः आगामी दिनहरूमा यहाँ थप रोजगारीका अवसरहरू मात्र सिर्जना नभई अर्थतन्त्र सुदृढीकरणका लागि पनि केही योगदान पुग्नेछ ।






