कालिकोट । शुभकालिका गाउँपालिका भर्तागाडको रिगीखोलामा २५ मिटर लामो पक्कीपुल बनेको छ ।
निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको पक्की पुल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्। पुल निर्माण सम्पन्न भएसँगै यहाँका नागरिकले वर्षौंदेखि आवतजावतमा भोग्दै आएको समस्या अन्त्य भएको हो ।
यस पुलले स्थानीय बासिन्दालाई सहज यातायात सेवा प्रदान गर्नुका साथै व्यापार, कृषि उत्पादनको ढुवानी र सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पुर्वाधार विकास कार्यालय कालिकोट मार्फत संचालित आयोजनाको तमाकोशी डाइमण्ड जेभीले निर्माणको जिम्मा लिएको थियो ।
कर्णालीमा कतिपय निर्माण कम्पनीको लाप्रवाहीका कारण अधिकासं आयोजनाहरु अलपत्र परिरहेको बेला डाइमण्ड निर्माण कम्पनीले समय अगावै पुल बनाउदा यहाँका नागरिकहरु खुशी भएका छन ।
भौगोलिक बिकटता र महंंगीको मारमा हुदापनी पुल आफुले घाटा खाएर अफिसले दिएको समयभन्दा अगाडीनै सम्पन्न गरेको निर्माण कम्पनीका संचाल कमल शाहीले बताए ।
तोकिएको समयसीमाभन्दा अघि नै गुणस्तरीय रूपमा काम सम्पन्न गरेको उनको भनाई छ ।
समय अगाडीनै पालिका जोड्ने पुल बन्दा स्थानीय तहका जनप्रतिनिधिहरूले पुलले क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, दर्जन बिरामी
राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती
लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन
धीरेन अनुपमले ल्याए, नयाँ गजल कृति ‘प्रच्छाया’
विद्यालयमै महिनावारी आराम कक्ष
न्यायका लागि न्यायालय अगाडी धर्ना






