गोविन्दपुरमा हत्यापछि गायव गरिएको टाउको भेटियो

लाहान ।  सिरहाको लहान नगरपालिका १७ गोविन्दपुर गाउँमा युवकको विभत्स हत्या गरी गायव गरिएको टाउको  दिनपछि भेटिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बुधबार साँझ साढे ६ बजेतिर मो. सफिदको टाउको गोविन्दपुर गाउँदेखि करिब एक किलोमिटर पूर्व बलान खोलामा निर्माणाधीन झोलुङ्गे पुलबाट उत्तर खोला किनारमा भेटिएको बताए ।

‘साँझ बस्तुभाउ चराएर फर्किएका गोठालाले खोला किनारमा मान्छेका टाउको भेटिएको खबर गरे लगत्तै प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ।

खोला किनारमा सानो खाल्डोमा जमेको पानी नजिकै टाउको भेटिएको उनले बताए । प्रहरीले हत्याको घटनाको अनुसन्धान सूक्ष्म रुपले गरिरहेको बताएको छ । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । हत्यामा प्रयोग गरिएको हतियार पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

स्थानीय मो. इसाकका चार भाई छोरामध्ये कान्छो करिब ३७ वर्षीय मो. सफिदको मंगलबार बिहान करिब ६ बजेतिर गोविन्दपुर गाउँस्थित घर नजिकै आफ्नै बारीमा टाउको नभएको शव भेटिएको हो । उत्तानो अवस्थामा भेटिएका सफिदको टाउको थिएन भने छातीदेखि पेटससम्म गहिरो गरी चिरिएको घाउ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत