चिकित्सकको लापरवाहिले शिसुको मृत्यु भएको आरोप

बारा । बाराको जिल्ला अस्पताल कलैयामा चिकित्सकको लापरवाहीले एक शिशुको आमाको पेटभित्रै मृत्यु भएको छ ।

सुवर्ण गाउपालिकाका वडा नम्वर ६ मुसहरना टोलका एक जना करिव २६ वर्षी तसिरा खातुनको शिशु चिकित्सकको लापरवाहिले मृत्यु भएको उनको बुवा सेख आसिकले बताए ।

छोरीको पेट अत्याधिक दुखेपछि विहिवार विहानै जिल्ला अस्पताल कलैयामा पु-याएका थिए । डक्टरले समयमा सुत्केरी गराउन नमान्दा शिशुको गर्भमै मृत्यु भएको बुवा असिक बताउछन् ।

डक्टरले उपचार गर्न नमानेपछि प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्न पुगेको असिकको भनाई छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि दिउसो ४ बजे अप्रेशन भयो, त्यतिबेला शिशुको पेटभित्रै मृत्यु भैसकेको थियो ।

जल्ला अस्पतालका सुपरिडेन्ट डा विरेन्द्र मण्डलले पहिलो बच्चा अपरेसन गरेर जन्माएकाले देश्रो बच्चा पनि अपरेशन गर्दा सुत्केरीको ज्यानको खतरा हुने भएकोले नर्मल डेलेभरी गराउन खोजेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

जनश्रमदानबाट खनिएको सडकको विश्व बैंकको लगानीबाट कालोपत्रे सुरु