भुमि विधेयक फिर्ता गर्नुपर्ने माग

काठमाडौं । ज्ञानसत्ता निर्माणमा काम गरिरहेको वैचारिक संस्था मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरको आयोजनामा आलोकनगर काठमाडौं स्थित मधेश लाइब्रेरी हलमा मधेश संवादको २३औं शृंखलामा “भूमि विधेयकको अन्तर्य” विषयक अन्तर्कृया कार्यक्रममा दुईजना वक्तालाई आमन्त्रण गरिएको थियो। जसमा राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झा र जसपा नेपालका महासचिव रामकुमार शर्मा थिए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले भुमि विधेयक तराई मधेश, नेपाल र विश्वको हितमा नरहेको बताए। सुकुम्बासी र भुमिहिनको नाममा जिग्गा वितरण गर्ने भनिए पनि भुमाफियाको डिजाइनमा ल्याइएको हो। यो विधेयक महेन्द्रीय चिन्तनबाट प्रेरित भएर लयाइएको बताए।

मधेशी समुदायलाई मधेशकै भुमिमा अल्पसंख्यक बनाउने षड्यन्त्र तहत यो विधेयक ल्याइएको हो। अहिले नै तराई मधेशको भुमिमा खानेपानीको अभाव देखिएको छ तर यदि यो विधेयक पास भयो भने मधेशको भुमी मरुभूमिमा परिनत भै उजाड हुनेछ र जनजीवन नै संकटमा पर्ने निश्चित छ।

त्यस्तै जसपाका नेता रामकुमार शर्माले यो विधेयक जारी गर्नु अघि यस्को औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए। यो विधेयक त्रुटिपूर्ण रहेकोले खारेज नै गर्नुपर्ने बताए। कार्यक्रम संचालन मधेश लाइब्रेरीका सदस्य शमशाद अहमदले गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती