दिक्तेलमा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

खोटाङ । दिक्तेलमा ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ ले जैविक विविधता संरक्षण, दिगो विकास र पर्यापर्यटन प्रवद्र्धनको प्रतिबद्धतासहित सात बुँदे जारी गर्दै ‘दिक्तेल घोषणापत्र–२०८३’ सम्पन्न भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालित यस तीन दिने सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, अमेरिका, अष्ट्रेलिया र जर्मनीका प्रतिनिधिहरूले दशवटा विषयगत कार्यपत्र प्रस्तुत गरे ।

घोषणापत्रमा स्थानीय समुदायको सहभागितामा वनजङ्गल, बाँस–निगालो र जैविक मार्गको दिगो व्यवस्थापन गर्ने, लोपोन्मुख प्रजाति रेडपाण्डा र थारको विशेष संरक्षण कार्यक्रम सञ्चालन गर्ने, मुन्दुम ट्रेलसँग जोडिएको रेडपाण्डा–थार पदमार्ग विकास गरी पर्यापर्यटन प्रवद्र्धन गर्ने र समुदायमा आधारित होमस्टे तथा स्थानीय पथप्रदर्शक उत्पादन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

यसका साथै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली, सामुदायिक बीमा र द्रुत प्रतिकार्य टोली स्थापना गर्ने र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्ने विषय पनि घोषणापत्रमा समावेश छन् ।

नगरप्रमुख तीर्थराज भट्टराईले यस सम्मेलनले राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र स्थानीय स्वरोजगार तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा कोशी प्रदेश सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ