अस्ट्रेलियामा टप इन्ड प्रतियोगिता खेल्ने नेपाली टिम घोषणा

काठमाडौं । अस्ट्रेलिया भ्रमण गर्ने नेपाली टिम घोषणा भएको छ । कप्तान रोहित पौडेलले र उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिदै क्यानले अस्ट्रेलियामा हुने टप इन्ड क्रिकेट प्रतियोगिता खेल्ने टिम घोषणा गरेको हो ।

यसअघि टिमबाट बाहिर रहेका कुशल मल्लले पुनरागमन गरेका छन् । यसअघि क्यानले ३२ जना खेलाडीको बन्द प्रशिक्षण गरेको थियो । त्यसमध्ये २० जना भारतको बेंगलोरमा छन् भने १२ जनाले काठमाडौंमै प्रशिक्षण लिएका थिए ।

अस्ट्रेलियामा अगस्ट १४ देखि २४ सम्म हुने टी २० प्रतियोगितामा नेपालले कम्तीमा ६ वटा खेल खेल्ने तालिका छ । नेपालले पाकिस्तान ए र अस्ट्रेलियाका बिग बास लिग खेल्ने टिमसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नै पाकिस्तान ए टीम र अस्ट्रेलियाको बिग बासको टिम मेलबर्न स्टाटर्सले टिम घोषणा भैसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती