सप्तरीमा मृतकका स्थानीयद्वारा निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

सप्तरी । सप्तरीमा मृतकका परिवार र स्थानीयद्वारा निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् । सप्तरीको राजगढ गाउँपालिका–२ मा मदिरा तस्करी नियन्त्रण गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच तनावपूर्ण स्थिति उत्पन्न भएपछि प्रहरीले गोली चलाउँदा एक स्थानीय युवकको ज्यान गएको हो ।

घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् । मृतकको परिवार र स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । भारततर्फ अवैध रुपमा मदिरा तस्करी तस्करी हुन लागेको सूचना पाएपछि मंगलबार राति प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । तर, अचानक केही स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको र त्यस क्रममा एक गोली ३७ वर्षीय लालु यादवको तिघ्रामा लागेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते यादवको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।

सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार घटनास्थलबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद गरिएको छ । एकसाताअघि पनि यसै स्थानबाट ठूलो मात्रामा मदिरा नियन्त्रणमा लिइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम