आमा–बहिनी इजरायल पुग्दै, बिपिनको खोजमा नयाँ आशा

काठमाडौं ।हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको खोजीमा आमा पद्मा र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गरेका छन्। फ्लाइ दुबईमार्फत उनीहरू बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । विपिनको रिहाइका लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् ।

इजरायलस्थित नेपाली दुतावास र इजरायल सरकारको समन्वयमा बिपिनका आमा र बहिनीलाई इजरायल बोलाइएको हो। सन् २०२३ अक्टोबर ७ मा भएको इजरायल र हमासबीचको युद्धका क्रममा इजरायलको किब्बुज आलुमिमबाट हमासले कब्जामा लिएका थिए।

हमासले अपहरण गरेका २ सय बढी बिभिन्न देशका नागरिकहरू मध्ये केहीलाई रिहा गरेता पनि बिपिनको अवस्था अज्ञात छ। परिवारजनको लगातारको अनुनय बिनयको आधारमा इजरायलले सरकारले उनका परिवारलाई इजरायल बोलाएको हो।

बिपीनका आमा र बहिनीसंग इजरायलको पराराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेट्ने कार्यक्रम तय भएको छ। बिपिनका आमा र बहिनी इजरायलमा १० दिन सम्म रहने छन् । यसैबीच उनका परिवारका सदस्यहरू इजरायल पुग्दा हमासले बिपिनलाई रिहा गर्ने वा उनको अवस्था’bout जानकारी गराउने आशा बिपिनका परिवारमा रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने