लमजुङ । लमजुङमा तीन दिनदेखि ७१ वर्षीय बृद्ध वेपत्ता भएका छन् । जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ७ को सहजी टोल निवासी चन्द्रबहादुर राउत भन्ने सन्तबहादुर रावल वेपत्ता भएको परिवारजनले बताउँदै खोजी दिन अनुरोध गरेका छन् ।
आफ्नो बुवा बुधबार विहानीको समयदेखिनै सम्पर्कमा नरहेको उनका जेठा छोरा विष्णबहादुर रावलले बताए । उनका अनुसार आफन्तजनहरू नोतदार, ईष्टमित्र सबैतिर बुझ्ने काम भयो कतै नआएको, नदेखेको भन्ने खबर छ । उनले भने, ‘दुईदिनसम्म फर्कनु हुन्छ कि भनेर बाटो पनि हेरियो । हिजो दिउँसोसम्म उहाँको मोवाइलमा फोनको घण्टी गएको तर नउठेको उनको भनाइ छ ।
आजदेखि स्थिति बढी नै अन्योलपूर्ण भएको हुँदा प्रहरीलाई पनि निवेदन दिएका छौं, बुवाको खोजीका लागि पत्रकार, मानवअधिकारकर्मी सबैसँग आग्रह गर्दछौं उनले भने ।
निवृत्त शिक्षक समेत रहेका राउतलाई पछिल्लो एक वर्षदेखि मुुटुको समस्या देखिएको थियो । नयाँ घर अढाई तलाको बनाउने घर सल्लाह अनुसार पहिलो तला ढलानमात्र भएको छ तर बुवा वेपत्ता हुँदा बनाउन थाले घरसमेत अलपत्र हुने स्थिति बन्यो उनका जेठा छोरा विष्णबहादुर रावलले बताएका छन् ।
मुटुको विरामी मान्छे उपचारमा पनि गएका छैनन् र इष्टमित्रकोमा पनि नगएको भनेपछि अब खोल्सा खाल्सी, जंगल वा मस्र्याङ्दी नदी किनारतिर खोज्नु पर्छ भन्ने गाउँले सल्लाह भएको उनका छिमेकी सेरमान सिंह अर्यालले बताए । उनका अनुसार शुक्रबार दिनभर मस्र्याङ्दी नदीको किनार तिर घुमियो, नदीको किनारमा गई सक्नु छनै । भेल बढेर, केही पत्ता लागेन हामी फर्केर ४ बजे घरमा आइपुगेको हौं उनले भने ।
७१ वर्षीय चन्द्रबहादुर राउत भन्ने सन्तबहादुर राउत वेपत्ता भएको र खोजी पाउँ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको लमजुङका नि. प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार तेली साहले बताए । उनका अनुसार प्रहरीले खोजी कार्य सुरु गरी सकेको छ ।






