ताप्लेजुङ । गत वर्षको बदला लिँदै सलहेस युवा क्लब सिरहाले तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता उपाधि जितेको छ । चर्चब्वाइज क्लब ललितपुरलाई शनिबार २–० गोलअन्तरले पराजित गर्दै उसले उपाधि जितेको हो ।
दोस्रो हाफको ७९औं मिनेटमा सलहेसका सुनिल खड्काले गोलको खाता खोलेका थिए । सुनिलले ‘डिबक्स’ बाहिरबाट प्रहार गरेर गोल गर्न सफल भएका थिए । सलहेसको तर्फबाट ९०औं मिनेटमा युसुफ मल्लिकले दोस्रो गोल गरे र आफ्नो टिमको जित सुनिश्चित गर्न सफल भए । उनले हेडमार्फत् गोल गरेका थिए ।
युसुफले प्रतियोगिताभरमा पाँच गोल गरेका छन् । प्रतियोगिताको ८१औ ं मिनेटमा सलहेसका फागुराम थारू र चर्चब्वाइजका चन्दन दास ‘रेडकार्ड’ पाएर खेलबाट एकसाथ बाहिरिएका थिए । रेफ्री श्याम दनुवारले दुवैजनालाई ‘रेडकार्ड’ दिएका थिए ।
दनुवारले फाइनलको दिन सातौं पहेंलो कार्ड देखाएका हुन् । जितसँगै सलहेसले ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझाउनुप-यो । उपाधि विजेता र उपविजेतालाई प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री योगेश भट्टराई र कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले ट्रफी तथा पुरस्कार वितरण गरे ।
गत वर्ष मोरङसँग १–० ले पराजित भएको सलहेस यो वर्ष दोहो-याएर बोलाइएको एकमात्र टिम हो । आयोजक लाखेजात्रा सञ्चालन समितिले बाँकी सात टिम नया“ बोलाएको थियो ।
सलहेस यस वर्ष चार विदेशी खेलाडीसहित सहभागी भएको थियो । उसले खेल अवधिभर एक गोल पनि खाएन । लाखेजात्राको अवसरमा गत २४ साउन जनैपूर्णिमा तथा रक्षाबन्धनदेखि सुरु प्रतियोगितामा भारतको एकसहित आठ टिम सहभागि थिए






