प्रधानमन्त्री ओली अस्वस्थ, सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा आउन नसक्ने भएका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो । यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।

आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकको एजेन्डामा रहेको छ।

यता लामो समयदेखि भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले संसद बैठक अवरुद्ध गरिरहेका छन्। त्यसमाथि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने गृहकार्यमा लागेपछि संसदमा नयाँ रणनीति तय गर्ने रास्वपाको तयारी देखिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश