१२ दिनमा ‘माग्ने राजा’को व्यापार ४ करोड ९ लाख

काठमाडौं । नेपाली चलचित्र ‘माग्ने राजा’ले रिलिज भएको १२ औँ दिन मंगलवारसम्म नेपालका चलचित्र घरमा ४ करोड माथिको व्यापार गरेको यस चलचित्रको निर्माण पक्षले जनाएको छ । ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रले १२ औँ दिन सम्ममा ४ करोड ९ लाख रुपैयाँ ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको रिपोर्टमा उल्लेख छ ।

मुनाल घिमिरे निर्मित यो चलचित्रमा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ । जसमा आर्यन सिग्देल विशेष भूमिकामा छन् ।

यो चलचित्रका वितरक रोहित कट्टेलका अनुसार मुलुकका आधा दर्जन चलचित्र घर यति बेला बक्स अफिस प्रणालीमा जोडिएका छैनन् । तर आधा दर्जन चलचित्र घरको व्यापारलाई समेत जोड्दा चलचित्र ‘माग्ने राजा’ले १२ दिनमा ४ करोड ६१ लाखको ग्रस व्यापार गरिसकेको छ । बिहीबारसम्म यो चलचित्रले पाँच करोड भन्दा माथिको व्यापार गर्ने पनि रोहितले राजधानीलाई बताए ।

‘यो चलचित्र दोस्रो हप्तामा पनि पहिलो हप्तामा प्रदर्शन भएका दुई नेपाली चलचित्र भन्दा दोब्बर माथि छ । यसले अझै केही हप्ता राम्रो व्यापार गर्नेमा हामी विश्वस्त छौँ’, रोहितले बुधवार राजधानीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम