टेलिकमका सूचना अधिकारीले भने, ‘आईपी धाराको टुटीजस्तै तुरुन्तै बन्द हुँदैन’

काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर (आइपी) धाराको टुटी बन्द गरेजस्तो नहुने नेपाल टेलिकमका प्रवक्ता ब्रजेश शर्माले बताएका छन् । उनले भने, ‘धाराको टुटी बन्द गरेजस्तो तुरुन्तै आईपी बन्द हुँदैन, यसमा प्राविधिक कुराहरु हुन्छन्, त्यसले समय लिन्छ ।’ दूरसञ्चार प्राधिकरणले टेलिकमलाई उपलब्ध गराएको २६ वटा लिस्ट निस्कृय गर्न कम्तीमा १० घन्टा लाग्ने प्रवक्ता खनालले बताए । यी २६ वटा सामाजिक सञ्जाल क्रमशः बन्दै हुँदै जाने उनको भनाइ थियो ।

सरकारले बिहीबार राति १२ बजेपछि सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने निर्णय कार्यान्वयन गरेपछि फेसबुक, इन्स्टाग्राम, युट्युब, म्यासेन्जर, ह्वाट्सएपसहित २६ सामाजिक सञ्जाल नेपालमा निस्कृय बताएको थियो । यद्यपि, फेसबुकको मेटा कम्पनी र हाम्रो पात्रो मन्त्रालयको सम्पर्कमा आएकाले बन्द नहुने संकेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन