रिलिज हुनासाथ ‘बागी ४’को पाइरेसी

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफले आफ्नो महत्वकांक्षी चलचित्र ‘बागी ४’लाई चलचित्र घरमै पुगेर हेर्नको लागि फ्यानहरूसँग अनुरोध गरेका छन् । यो चलचित्र शुक्रवार २० भदौबाट विश्वव्यापी चलचित्र घरमा रिलिज भएको हो ।

चलचित्र रिलिज भएको केही घण्टा पछि ‘बागी ४’ इन्टरनेटमा सार्वजनिक भयो । इन्टरनेटमा रिलिज भएको केही घण्टामा चलचित्र ‘बागी ४’ सामाजिक सञ्जाल देखि विभिन्न साइटमा राखेको देखेपछि यो चलचित्रको निर्माण पक्ष निकै तनावमा आयो ।

रिपोर्टका अनुसार लिक भएसँगै ‘बागी ४’ तमिलरोकर्स, फिल्मिजिला, मुभिरुल्ज र मुभिजडा जस्ता कुख्यात पाइरेसी वेबसाइटहरूमा अपलोड गरिएको थियो । सोही कारण अभिनेता टाइगर श्राफले आफ्नो चलचित्र ‘बागी ४’लाई चलचित्र घरमै पुगेर हेर्नको लागि फ्यानहरूसँग अनुरोध गरेका हुन् ।

यति मात्र होइन, यो चलचित्रको लिकहरू टेलिग्राम च्यानलहरूमा पनि भाइरल भइरहेका छन् । त्यहाँबाट यो चलचित्र २४० एमबी देखि जेएम प्रिन्ट सम्मको हरेक गुणस्तरमा डाउनलोड भइरहेको छ ।

यो चलचित्रका निर्माताहरूले ‘बागी ४’ प्रति निकै ठुलो आशा राखेका थिए । आफूहरूले उत्कृष्ट एक्सन र मेलो ड्रामा चलचित्र बनाएका कारण यसले बजारमा राम्रो सफलता पाउने उनीहरूको कथन थियो । तर चलचित्र एकाएक पाइरेसी भएपछि उनीहरू शुक्रवारसँगै शनिवार पनि पाइरेसी नियन्त्रणमा लागिरहेका छन् ।

यो चलचित्र रिलिज भएको सुरुवाती चरणमा इन्टरनेटका विभिन्न साइडमा चलचित्र पाइरेसी हुनु निर्माता र वितरकहरूको लागि पनि ठुलो झट्का लागेको छ । चलचित्रको पाइरेसीको क्षति’bout उनीहरूले अग्रिम बिमा नगरेका कारण पनि समस्या आएको हो ।

पाइरेसी गर्नु भारतीय कानुन अनुसार अपराध हो । प्रतिलिपि अधिकार ऐन अन्तर्गत, पाइरेसी गर्ने वा यसमा सामेल हुनेलाई २ लाख रुपैयाँसम्म जरिवाना र जेल सजाय तय गरिएको छ । तर यो चलचित्रको ठुलो मात्रामा पाइरेसी लिंकहरू पाइएका कारण कारबाही गर्न समेत निर्माण पक्षलाई गाह्रो भएको छ । तथापि यसका साइवर सहयोगीहरूले पाइरेसी भएका ठुला लिंकहरूलाई निस्तेज तुल्याएने काम गरिरहेका छन् ।

चलचित्र ‘बागी’को पहिलो सृंखला नै सफल भएपछि लगातार यसको सिक्वेल निर्माण भएको हो । यो चौथो सृंखलामा पनि डरलाग्दा स्टन्टहरू र एक्सन दृश्यहरू छन् । विगत झैँ यस पटक पनि टाइगर श्राफले आफ्नो एक्सन अवतारबाट दर्शकलाई आकर्षण गरिरहेका छन् । चलचित्रमा उनीसँगै संजय दत्त, हरनाज कौर सन्धु र सोनम बाजवा मुख्य भूमिकामा छन् । यो चलचित्रलाई ए. हर्षले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा