खेलमा सफलता पछ्याउदैँ जनसहयोग

गुल्मी । फाइनल खेल सुरु हुनुभन्दा पहिले जनसहयोग माविकी टिम कप्तान अनिषा श्रेष्ठलाई खेल जितिन्छ जस्तो लागेकै थिएन । फाइनल खेल भएकोले धेरै समर्थक मैदानमा उपस्थित थिए । उनलाई खेल जित्नैपर्ने दबाब थियो । टिम म्यानेजर र खेल प्रशिक्षकले राम्रै प्रशिक्षण दिएका कारण उनको समुह खेलप्रति एकताबद्ध थियो । पानी परिरहेकै बेला खेलको दोस्रो हाफको २७ औँ मिनेटमा रचना गुरुङले गोल गर्दै जनसहयोग माविलाई १–० को अग्रता दिलाइन् । जनसहयोग माविको लागि रचनाले गरेको गोल नै निर्णायक बन्यो ।

पछिल्लो एक बर्षमा तीन वटा जिल्लास्तरीय पुरस्कार

अन्नत आदर्श विद्या आश्रमलाई १–० गोलले पछि पार्दै रेसुङ्गा नगरपालिका– ५ मा रहेको जनसहयोग माविले जिल्लास्तरी छात्रा फुटबल प्रतियोगिता, छैठौँ पुल्चोक कपको उपाधी हात पा¥यो । ‘टिम म्यानेजर र प्रशिक्षकले राम्रोसँग सिकाउनुभएको थियो, उहाँहरुको सल्लाअनुसार नै खेलेका थियौँ ।’ उनले भनिन्, ‘खेलमा नसोचेको जित हाँसिल गर्दा बढी खुसि लाग्दोरहेछ ।’ खेलमा सन्तोष खनाल प्रशिक्षकको भूमिकामा थिए ।

गुल्मी सदरमुकाम तम्घासमा रहेको पुल्चोक युवा क्लवले प्रत्येक बर्ष आफ्नो बार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्ने गर्दछ । यस बर्ष सातौँ बार्षिकोत्सवको अवसरमा रेसुङ्गा नगरपालिका–७ उनायचौरको खेल मैदानमा प्रतियोगिता संचालन गरेको थियो । ११ विद्यालय सहभागि प्रतियोगितामा विजेता भएको जनसहयोग माविले ३४ हजार चार सय ३४ रुपैँयाका का साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

जनसहयोग माविले गतबर्ष पनि पुल्चोक कपमा सहभागि जनाएपनि फाइनलमा रिडर्स पब्लिक स्कूलसँग पराजित हुदैँ उप–विजेतामा सिमित भएको थियो । ‘यस बर्ष जसरी पनि जित्नुपर्छ भन्ने लागेको थियो, त्यसैअनुसार तयारी गरेका थियौँ ।’ टिम म्यानेजर हरी बहादुर गुरुङले भने, ‘लगातारको मिहीनेतको कारण सोचेजस्तो सफलता हात पारेका छौँ ।’ उनले ग्रामीण भेगमा रहेका प्रतिभाहरुलाई पुल्चोक युथ क्लवले प्रस्फुटन गरेको प्रतिक्रिया दिए ।

जनसहयो माविको चर्चा केवल छात्रा फुटबलमा मात्रै सिमित छैन । उसले पछिल्लो एक बर्षमा तीनवटा जिल्लास्तरीय पुरस्कार हात पारेको छ । त्यसकारण अहिले जिल्लाको खेलकुद क्षेत्रमा जनसहयोग माविको चर्चा हुने गरेको छ ।

गत बर्षको मंसिर ११ देखि १५ गतेसम्म फोर्टिन स्टार युवा क्लवले आयोजना गरेको जिल्लास्रीय छात्र फुटबल प्रतियोगितामा पनि जनसहयोगले प्रथम स्थान हाँसिल ग¥यो । उसले सदरमुकामको महेन्द्र माविलाई १–० गोलले पराजित गरेको थियो । त्यसैगरी गत बर्ष संचालन भएको प्रथम खुकुरी क्रिकेट कपमा पनि विद्यालयले प्रथम स्थान हाँसिल गरेको थियो । विद्यालयका प्रधानाध्यापक ध्रुवराज खनालका अनुसार ०६१ सालमा संचालन भएको छात्र फुटबल प्रतियोगितामा महेन्द्र माविले जनसहयोगलाई १६ गोल गरेको थियो । ‘विद्यार्थीको खेलप्रतिको रुची, शिक्षक र विद्यालयको लगनशिता तथा अभिभावक र समुदायको सहयोगका कारण यो सफलता मिलेको हो ।’ उनले भने, ‘आज विद्यालयसँगै सिङ्गो समुदायमा खुसि छाएको छ ।’ फुटबल खेलमा उत्कृष्ट हुने छात्रा विद्यार्थीहरुलाई आइतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरेको छ ।

विद्यालयले सदरमुकाम तम्घास हुदैँ भुवनपानीसम्म ¥याली समेत निकालुेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी रेसुङ्गा नगरपालिकाकी उप–प्रमुख अमृतादेवी कुँवरले नगरपालिकाले खेल क्षेत्रलाई आवश्यक बजेट बिनियोजन गरेको बताउदैँ आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता गरिन् । साथै उनले पछिल्लो समय विद्यालयले खेल क्षेत्रमा गरेको प्रगतीको प्रशंसा गर्दै शैक्षिक क्षेत्रमा पनि विद्यालय अब्बल हुनुपर्ने बताईन् । कार्यक्रमको अवसरमा गोलकर्ता गुरुङलाई विभिन्न व्यक्तिहरुले नगद प्रदान गरेका थिए भने सबै खेलाडीहरुलाई विद्यालयले प्रमाणपत्र, खादा र नगदसहित सम्मान गरेको विद्यालयका शिक्षक छविलाल खनालले जानकारी दिए । विद्यालयमा हाल रेसुङ्गा नगरपालिका वडा नम्बर ४, ५, ६, ७ का साथै छत्रदेव गाउँपालिका–८ का गरी तीन सय ७६ विद्यार्थी अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'