आन्दोलनको तेस्रो दिन : जिल्ला अशान्त, सम्हालिँदै काठमाडौं

काठमाडौं । जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनका कारण देश तेस्रो दिन बुधबार पनि अशान्त बन्यो । काठमाडौं उपत्यकामा मंगलबार भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीपछि सिर्जना भएको हिंसात्मक अवस्था केही हदसम्म सम्हालिए पनि उपत्यकाबाहिर विभिन्न जिल्लामा बुधबार पनि कायम छ । उपत्यकाको अवस्था सहज बनाउँदै गएको बताउँदै नेपाली सेनाले सबैको सहयोग आवश्यक भएको जनाएको छ ।

नेपाली सेनाले राति १० बजेबाट सुरक्षा कमान्ड सम्हालेर उपत्यकाभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षा र सडक आवागमन तथा बैंकहरूलाई जोगाउन प्रयास गरे पनि पूर्ण रूपमा अवस्था नियन्त्रणमा नआएको बताइएको छ । नेपाली सेनाले बुधबार बिहान एक सूचना प्रकाशन गरी देशैभर निषेधाज्ञा जारी गरेको छ भने बुधबार रातिदेखि बिहीबार बिहानसम्मलाई कफ्र्यु जारी गरेको छ ।

समुदाय जुट्यो सुरक्षामा
काठमाडौं उपत्यकाको काँठक्षेत्र पनि विस्तारै सम्हालिने प्रयासमा छ । काँठक्षेत्रका स्थानीयले नगरपालिका भवन तथा वडा कार्यालय जलाउन गएका समूहलाई लखेटेका छन् भने टोलमा प्रवेश गर्ने नाकामा टोलवासीलाई चिन्ने व्यक्तिहरू बसेर परिचय खुलाएर मात्रै प्रवेश गराउने गरेका छन् । स्थानीय समुदाय, टोल सुधार समिति तथा संघसंस्थाले बैठक बसी आफ्ना टोलमा पालोपहरा तथा सामुदायिक सुरक्षा गस्तीसमेत गर्न थालेका छन् ।

खुल्यो विमानस्थल
जेनजी आन्दोलनका कारण मंगलबारबाट बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार बुधबार दिउँसो ३ः३० बजेबाट अन्तर्राष्ट्रिय हवाई उडान खुलेको र बिहीबार (आज)बाट आन्तरिक उडानसमेत खुल्ने प्राधिकरणका महाप्रबन्धकले जानकारी गराएका छन् ।

२४ घण्टासम्म जलिरहे राज्यका तीन अंगका हेडक्वार्टर
जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनले लिएको हिंसात्मक रूपले राज्यका तीनवटै अंगका हेडक्वार्टर मंगलबार केही घण्टामै दनदनी बलिरहे । मंगलबार आन्दोलनकारी समूहले वानेश्वरमा रहेको संसद् भवनमा आगलागी गरेर सुरु गरेको आगजनीको शृ ंखला साँझसम्ममा राष्ट्रपति उपराष्ट्रपति निवास, बालुवाटार, सिंहदरबार र सिंहदरबारभित्रका सम्पूर्ण मन्त्रालयसहितका कार्यपालिकाका संरचनाहरू ध्वस्त भए । प्रदेशसभा भवन तथा प्रदेश संसद् भवनहरूमा समेत आगजनी भएको छ ।

आन्दोलनकारीले सर्वो च्च अदालतसहित देशभरका डेढ दर्जन अदालतमा आगजनी गरी ध्वस्त बनाएका छन् । आगजनी भएका ८० कार्यालयमा ९० प्रतिशतभन्दा बढी फाइल तथा कागजात जलेका छन् भने फर्निचर, सवारीसाधन तथा कार्यालय सामग्रीहरू पूर्णतया नष्ट भएका छन् । आन्दोलनकारीले मन्त्री, पूर्वमन्त्री, सांसद तथा पार्टीका नेताहरूका निवास छानीछानी आक्रमण गरेका छन् ।

कार्यपालिकाअन्तर्गतका संरचनाहरूमा मन्त्रालय, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश सदरमुकाममा भएका मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरूमा आक्रमण गरिएको छ । धेरै स्थानीय तहका कार्यालय तथा जनप्रतिनिधिका निजी निवासमा पनि आक्रमण गरिएको छ । राज्यका तीनवटै अंगका कार्यालय तथा निकायहरूमा भएको आगजनी र तोडफोडको घटना इतिहासकै दुर्लभ हो ।

जेनजी आन्दोलनमा समर्थन गरिरहेकाहरूले पनि जेनजीका नाममा यत्रो हिंसात्मक घटना हुनु दुखद भएको भन्दै मुलुक ५० वर्ष पछि धकेलिएको र गम्भीर आर्थिक क्षति भएको टिप्पणी गरेका छन् । राष्ट्रपति निवासदेखि राज्यका तीनवटै अंगका हेटक्वार्टरमा करिब २४ घण्टा आगो र धुवाँ देखिइरहेको ती निकायको कार्यालय आसपासका स्थानीयले सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् ।

मंगलबार साँझतिरबाट बुधबार दिनैभर भ्रष्टाचार र कुशासनको विरोध गर्ने पुस्ताका नाममा भएको आन्दोलनले भौतिक संरचना, ऐतिहासिक सम्पदामा पु¥याएको क्षतिलाई इतिहासले माफ नगर्ने भन्दै टिप्पणी गरिरहेका छन् । राज्यका मुख्य अंगहरूका शीर्ष निकाय यसरी क्षणभरमा खण्डहरका रूपमा परिणत नहुँदै नेपाली सेनाले समयमा एक्सन नलिएकामा पनि नागरिकले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गर्दै मध्यरातबाट सुरक्षा जिम्मा लिएको सेनाबाट सुरक्षाको अपेक्षा लिएको जनाएका छन् ।

काठमाडौ ं महानगरपालिका तथा आसपासका नगरपालिकासँग भएका दमकलहरू मात्रै परिचालित भएको भए पनि भौतिक संरचना क्षति हुनबाट जोगाएर राज्यलाई खबौं भार थपिनबाट जोगाउन सकिनेतर्फ आन्दोलनकारी र राज्यका निकायको ध्यान नगएकामा नागरिकबाट चिन्ता व्यक्त भएको छ ।

जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनमा सोमबार प्रहरीले चलाएको गोली लागी १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलनले उग्र रूप लिँदैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीले राजीनामा दिएपछि पनि आगजनी नियन्त्रण गर्न सकिनेमा मौन बस्ने निकायहरूको विषयमा सामाजिक सञ्जालमा नागरिकले चिन्ता व्यक्त गरेका छन् ।

सेनाको अपिल : हुलहुज्जत भए तत्काल फोन गर्नुस
ने पाली सेनाले हुलहुज्जत वा अवाञ्छित क्रियाकलाप भए तत्काल नेपाली सेनालाई फोन गर्न अपिल गरेको छ । सेनाले आफ्नो हटलाइन नम्बर ०१–५९७९००० मा सम्पर्क गर्न अपिल गरेको छ । सेनाले मंगलबार रातिदेखि नै माइकिङ गरी ‘हामी नेपाली सेना हौं तपाईहरू कोही पनि बाहिर ननिस्कनुस् घरभित्रै बस्नुस्’ भन्दै रात्रिकालीन माइकिङ गरेको छ ।

माहोल बिग्रिएपछि देशैभरबाट निस्किए कैदी
नख्खु जेलबाट रवि लामीछाने निस्किएपछि देशैभरका जेलहरूमा विद्रोह सुरु भएको छ । ‘रवि लामीछाने पनि कानुनअनुसार जेल बसेको मान्छे उसलाई सरकारले निकाल्ने हामीलाई किन थुन्ने भन्दै जेल जेलबाट मंगलबार देखि नै कैदी वन्दीहरू निस्किएका हुन् ।

मंगलबारदेखि बुधबार साँझसम्म देशैभरबाट हजारौ ं कैदीवन्दीहरू निस्किएका हुन् । नख्खुबाट १ हजार २ सय कैदी निस्किएका छन् । जेनजी आन्दोलनका नाममा भईरहेका गतिविधिअन्तर्गत पोखरामा भएको आन्दोलन बुधबार पनि जारी छ ।

बुधबार पनि आगजनी कायम रहेको बताइएको छ । आन्दोलनकै क्रममा धादिङ जिल्ला कारागार भत्काएर कैदीबन्दी भागेका छन् । भाग्दै गरेका कैदी नियन्त्रणमा लिने क्रममा एक कैदीको मृत्यु भएको छ । चितवन जिल्ला कारागारबाट ७ सय कैदी भागेका छन् ।
कास्की कारागारबाट ७ सय ७३ कैदी भागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै हेटौ ंडाका वालसुधार गृहका ७२ जना वन्दी सुधारगृहको गेट भत्काएर भागेका छन् । कञ्चनपुर कारागारबाट ४ सय ५० कैदी भागेका छने । भागेका कैदीले स्थानीय महिलालाई बलात्कार प्रयास गरेका छन् ।

स्थानीयको सहयोगमा ती कैदीलाई पक्राउ गरिएको जनाइएको छ । धुलिखेल कारागारमा पनि आगलागी गरेर कैदीवन्दीहरू निस्किएका छन् । सुनसरीको झुम्का कारागारबाट १ हजार ५ सय ७५ कैदी फरार भएका छन् । डिल्लीबजार कारागार र सुन्धारा कारागारबाट मंगलबार राती नै पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डे सहित तीन हजार कैदीहरू निस्किएका हुन् ।

नेपाली स े नाले डिल्लीबजारमा रहेको केन्द्रीय कारागारमा आगलागी गरेर १ हजार १ सय कैदी निस्किएका छन् । कैलालीबाट ६ सय १२, महोत्तरी कारागारबाट ५ सय ७६, गौर कारागारबाट २ सय ६०, सोलुखुम्बुबाट ८६ जना, बझाङबाट ६५ जना, दाङबाट १ सय २४ जनाले जेल तोडेर भागेका छन् । यसैबिच सिन्धुली जिल्ला कारागारबाट ४ सय ७२ कैदीवन्दी भागेकोमा १ सय ६० जना पक्राउ परेका छन् । जिल्ला कारागारमा आगजनी र तोडफोड गरी कैदीवन्दी भागेका हुन् ।

जेल तोडेर भागेका कैदीवन्दीहरूले समुदायमा हुलहुज्जत तथा आतंक फैलाएको सूचना पाएपछि समुदायका अगुवाहरूले सतर्कता अपनाएका छन् । काठमाडौं उपत्यकामा मंगलबार राती बैंक तोडफोड गर्न खोज्ने र बुधबार विभिन्न ठाउँमा अवाञ्छित क्रियाकलाप गर्नेहरूलाई सेनाले पक्राउ गर्न थालेपछि अवस्था सहज बन्दै गएको नेपाली सेनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'